नेपाली यू १९ क्रिकेट टोली युएई जादै

काठमाण्डु टुडे २०७० पुष ११ गते २:५३ मा प्रकाशित

U-19-Cricket-Team copyकाठमाण्डु, ११ पुस–अन्डर १९ एसिया कप क्रिकेट प्रतियोगितामा सहभागीता जनाउन नेपाली टोली विहीबार युएई जाँदै छ । पर्सि युएईमा शुरु हुने प्रतियोगितामा सहभागी हुन भुवन कार्की नेतृत्वको क्रिकेट टोली त्यसतर्फ जान लागेको हो ।

१५ सदस्यीय नेपाली टोलीलाई बुधबार नै विदाई गरिएको थियो ।

समूह ‘ए’ मा रहेको नेपालले समूह चरणको पहिलो खेलमा १३ गते पाकिस्तानसँग खेल्ने छ । १४ गते हुने दोस्रो खेलमा भारतसँग र १६ गते आयोजक युएईसँग नेपालले सामना गर्ने छ ।

समूह ‘बी’ मा भने बंगलादेश, श्रीलंका, अफगानिस्तान र मलेसिया रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us