यु–१९ एसिया कपमा नेपाल र पाकिस्तान भिड्दै

काठमाण्डु टुडे २०७० पुष १३ गते २:३२ मा प्रकाशित

Pakistan-vs-Nepal copyकाठमाण्डु, १३ पुस – अण्डर १९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग भिडिरहेको छ ।

दुबइमा जारी खेलमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

बलियो प्रतिद्वन्द्वी पाकिस्तानको चुनौति पन्छाउनु नेपालका लागि चुनौतिपूर्ण हुनेछ । नेपाल रहेको समूह ‘ए’मा टेष्ट मान्यता प्राप्त राष्ट्रहरु भारत र पाकिस्तान तथा युएइ रहेका छन् ।

समूह ‘बी’मा भने बंगलादेश, श्रीलंका, अफगानिस्तान र मलेसिया रहेका छन् ।

नेपालले आफ्नो दोस्रो खेलमा आइतबार भारत र मंगलबार युएइको सामना गर्ने छ । कठिन समूहमा रहेपनि आफूहरु फाईनलसम्म पुग्ने नेपाली टोलीका कप्तान भुवन कार्कीको विश्वास छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us