आर्सनल शीर्ष स्थानमा

काठमाण्डु टुडे २०७० पुष १२ गते ३:४० मा प्रकाशित

Arsenalकाठमाण्डु, १२ पुस–आर्सनल इङ्लिस प्रिमियर लीग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । विहीबार राती भएको खेलमा वेष्टहामलाई ३–१ ले हराउँदै आर्सनल अंक तालिकाको शीर्ष स्थानमा पुग्न सफल भएको हो । जितसँगै उसको ३९ अंक भएको छ ।

वेष्टहामका काल्टन कोलले ४६ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । आर्सनलका थियो वाल्कटले ६८ औं मिनेटमा गोल गरेर खेल बराबरीमा पुर्याए । त्यसको दुई मिनेटपछि पुनः वाल्कटले नै अर्को एक गोल थपे । ७८ औं मिनेटमा आर्सनलकै लुकास पोडोल्स्कीले अर्को गोल गरेपछि आर्सनल ३–१ ले विजयी भयो ।

यसअघि शीर्ष स्थानमा रहेको लिभरपुल भने म्यानचेष्टर सीटीसँग २–१ ले पराजित हुदै चौथो स्थानमा झरेको छ । सिटी ३८ अंकको साथ दोस्रो स्थानमा उक्लिएको छ । ३७ अंकसहित चेल्सी तेस्रो स्थानमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us