कास्की, ११ कात्तिक– तेस्रो सफल पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा थ्री स्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा दुर्भाग्यपूर्ण रुपमा ट्राइब्रेकरमा पोखरा ११ ले हारेपछि लिग विजेता थ्री स्टारले अवसर पाएको हो । सोमबार भएको क्वार्टरफाइनल खेलमा पोखरा ११ लाई टाइब्रेकरमा ४–३...
महोत्तरी, ११ कात्तिक– नेपाल क्रिकेट संघ (क्यान)ले महोत्तरीको जलेश्वरमा १९ वर्षमुनिका (यु–१९) क्षेत्रीय क्रिकेट खेलाडी छनोट प्रतियोगिता सुरु गरेको छ । सङ्घले सो प्रतियोगिताबाट १४ जना १९ वर्ष मुनिका क्रिकेट खेलाडी छनोट गर्नेछ । नेपाल क्रिकेट सङ्घको क्षेत्र नं. ७ जनकपुरको संयोजन तथा जिल्ला...
काठमाण्डु, ११ कात्तिक– ईङ्ग्लिस प्रिमियर लिग अन्तरगत आईतबार राति भएको खेलको अन्तिम समयमा फर्नान्डो टोरेसको गोलको मद्दतले चेल्सीले म्यान्चेस्टर सिटीलाई पराजित गरेको छ । चेल्सीले सिटीलाई १ का विरुद्ध २ गोलले पराजित गर्यो । खेलमा चेल्सीको लागि पहिलो गोल खेलको ३३ औं मिनेटमा जर्मन...
कास्की, १० कात्तिक– पोखरामा जारी तेस्रो सफल पोखरा कप फुटबल प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको क्वाटरफाइनल खेलमा हिमालयन शेर्पालाई २–१ को गोल अन्तरले हराउँदै आर्मीले सेमिफाइनल यात्रा तय गरेको हो । खेलको १७ औं मिनेटमा सेइगुनको...
काठमाण्डु, १० कात्तिक–नेपाल व्यायाम मन्दिरले विभिन्न प्रतियोगितामा पदक जित्न सफल राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । आइतबार काठमाण्डुमा आयोजित सम्मान कार्यक्रममा गत वर्ष धरानमा भएको चौथो मिस्टर हिमालयको पुरुष ५५ केजीका स्वर्ण विजेताका सुजन तामाङ, ७० केजीका स्वर्ण विजेता श्याम श्रेष्ठ, ६५ केजीका...
काठमाण्डु, १० कात्तिक–स्पेनी लिग ला लिगा अन्तरगत वार्सिलोनाले रियल म्याड्रिडलाई हराउँदै लिग तालिकामा स्पस्ट ४ अंकको अग्रताकासाथ शीर्ष स्थान कायम राखेको छ । वार्सिलोनाको घरेलु मैदान नु क्याम्पमा शनिबार राति खेलिएको खेलमा वार्सिलोनाले रियाल म्याड्रिडलाई १ का विरुद्ध २ गोलले पराजित गर्यो । वार्सिलोनाका...
काठमाण्डु ९ कात्तिक–एकीकृत नेकपा माओवादीका नेता नन्दकिशोर पुन ‘पासाङ’ले खेलाडी सबैभन्दा बढि राष्ट्रवादी हुने बताएका छन् । पशुपति मार्शल आर्ट परिवारले आयोजना गरेको खेल तथा कौशल प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता पुनले राष्ट्रको प्रतिनिधित्व गर्ने खेलाडी सबैभन्दा बढि राष्ट्रवादी हुने बताएका हुन् ।...
कास्की, ९ कात्तिक– तेस्रो सफल पोखरा कप फुटबल प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । जावलाखेल क्लबसँग फराकिलो जित निकाल्दै मनाङ सेमिफाइनल प्रवेश गरेको हो । पोखरा रंगशाला जारी प्रतियोगितामा शनिबार मनाङले जावलाखेललाई ५–० को फराकिलो अन्तरले हराएको हो । मनाङको जितका...
काठमाण्डु, ८ कात्तिक–कतारमा मैत्रीपूर्ण फुटबल खेल खेल्न गएको नेपाली महिला फुटबल टोलीले पहिलो खेलमा उत्कृष्ट जीत हासिल गरेको छ । कतारको महिला फुटबल टीम र नेपाली महिला फुटबल टीमबीच शुक्रबार भएको खेलमा नेपाली महिला टोलीले कतारलाई शून्यका विरुद्ध ६ गोलले पराजित गर्यो । नेपालकालागि...
काठमाण्डु, ७ कात्तिक–ईटालियन लिग ला–लिगाको क्लब रियल सोसियडाडलाई झिनो अन्तरले पराजित गर्दै ईङ्ग्लिस क्लब म्यान्चेस्टर युनाईटेडले च्याम्पियन्स लिगको नकाउट चरणमा पुग्ने सम्भावना बलियो पारेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा एकमात्र गोल खेलको दोस्रो मिनेटमा सोसियडाडका डिफेन्डर ईनिगो मार्टिनेजको आत्मघाती गोलबाट भएको थियो । म्यानचेस्टर...
काठमाण्डु, ६ कात्तिक– दोस्रो संविधानसभा निर्वाचन नजिकिादै गर्दा विभिन्न राजनीतिक दल समर्थित खेलकुद क्षेत्रका प्रत्यक्षतर्फका उम्मेदवारले चुनावी प्रचार–प्रसारका लागि घरदैलो अभियानलाई तीव्रता दिएका छन् । राष्ट्रिय खेलकुद परिषद्मा दुई पटकसम्म सदस्यसचिव भएका नेपाल स्की संघका अध्यक्ष एवम् नेपाल ओलम्पिक कमिटीका महासचिवसमेत रहेका श्रेष्ठ एमाले...
काठमाण्डु, ६ कात्तिक–भारतमा मुम्बई क्रिकेट एशोसियशनले महान क्रिकेट खेलाडी सचिन तेन्दुलकरको नाममा एउटा रंगशालाको नामकरण गर्ने भएको छ । मुम्बईकै कान्डिवलीस्थित जिमखाना क्रिकेट मैदानको नाम ‘सचिन तेन्दुलकर जिमखाना’ राख्ने निर्णय मुम्बई क्रिकेट एशोशियनले गरेको हो । तेन्दुलकरले आगामी महिना आफ्नो खेल जीवनको दुई सयौं...