घरेलु मैदानमा म्यान्यूको टोटेनह्यामसँग दोस्रो हार

काठमाण्डु टुडे २०७० पुष १८ गते २:४१ मा प्रकाशित

Premier-Leagueकाठमाण्डु, १८ पुस– म्यान्चेस्टर युनाईटेडको घरेलु मैदाम ओल्ड ट्राफोर्डको खेलको लगातार दोस्रो खेल जित्दै टोटेनह्याम प्रिमियर लिग तालिकाको छैठौं स्थानमा उक्लिएको छ । यसअघि गत वर्ष युनाईटेडको घरेलु मैदानमा उसलाई ३–२ ले हराउनु पुर्व टोटेनह्यामले लगातार २३ वर्षसम्म ओल्ड ट्राफोर्डमा जीत हात पार्न सकेको थिएन ।

प्रिमियर लिग अन्तरगत बिहिबार राति खेलिएको खेलमा टोटेनह्यामले म्यान्चेस्टर युनाईटेडलाई २–१ ले हराएको हो । नयाँ कोच टिम शेरउडले टीम सम्हालेयता टोटेनह्यामको यो लगातार चौथो प्रिमियर लिग जीत हो । टोटेनह्याम पछिल्लोपटक प्रिमियर लिगमा नोभम्बरमा भएको खेलमा म्यान्चेस्टर सिटीसँग ६–० ले पराजित भएको थियो ।

घाईते स्टार खेलाडी वायन रुनी खेलमा फर्किए पनि डेभिड मोयसको क्लब म्यान्यूको प्रदर्शन भने आश लाग्दो हुन सकेको छैन । गत वर्षको विजेता युनाईटेड अहिले ३४ अंक सहित लिग तालिकाको सातौं स्थानमा छ ।

बिहिबार रातिको अन्य खेलमा आर्सनल, म्यानचेस्टर सिटी, चेल्सी र लिभरपुल आ–आफ्नो खेलमा विजयी भएका छन् । आर्सनलले कार्डिफलाई २–०ले पराजित गर्यो भने म्यान्चेस्टर सिटी स्वान्सी विरुद्ध ३–२ ले विजयी भयो ।

त्यस्तै चेल्सी साउथ ह्याम्प्टन विरुद्ध ३–०ले विजयी भयो भने लिभरपुलले हल सिटीलाई २–० ले हरायो ।

त्यस्तै गएराति नै खेलिएका अन्य खेलमा फुलह्यामले वेस्ट ह्यामलाई २–१ ले पराजित गरेको छ । एस्टन भिल्लाले सन्डरल्याण्डलाई २–१ ले पराजित गरेको छ भने वेस्टबु्रमले न्युक्यासल युनाईटेडलाई शुन्यका विरुद्ध १ गोलले पराजित गर्यो ।

क्रिस्टल प्यालेस र नर्विच सिटी तथा स्टोक सिटी र एभर्टनबीचको खेल भने १–१ को बराबरीमा टुङ्गियो ।

लिगका २० औं चरणका खेलहरु समाप्त हुँदा ४५ अंकका साथ आर्सनलले अग्रता कायम राखेको छ भने ४४ अंकका साथ दोस्रो स्थानमा रहेर म्यान्चेस्टर सिटीले उसलाई पछ्र्याई रहेको छ । ४३ अंकका साथ चेल्सी तेस्रो स्थानमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us