खेलकुद

दक्षिण अफ्रिकाबाट पाकिस्तान पराजित

२०७० कार्तिक २८ गते २:००

काठमाण्डु, २८ कात्तिक–पाकिस्तानविरुद्धको पहिलो ट्वान्टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका विजयी भएको छ । गएराति दुवईमा भएको खेलमा पाकिस्तानलाई दक्षिण अफ्रिकाले ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो । पाकिस्तानले दिएको ९९ रनको झिनो लक्ष्य दक्षिण अफ्रिकाले ३३ बल बाँकी छँदै एक विकेट गुमाएर भेटाएको थियो...

नेपालले अमेरिकासँग हार्‍यो

२०७० कार्तिक २७ गते १४:३१

काठमाण्डु, २७ कात्तिक– ट्वान्टी-२० विश्वकप छनोट अघिको पहिलो अभ्यास खेलमा यूएईलाई ५ विकेटले हराएको नेपाल दोस्रो अभ्यास खेलमा भने हार्न पुगेको छ । अभ्यास खेलमा नेपाल अमेरिकासँग ५ विकेटले नै हारेको हो । टस जितेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट...

नेपालले यूएईसँग अभ्यास खेल खेल्दै

२०७० कार्तिक २६ गते २:२३

काठमाण्डु, २६ कात्तिक–ट्वान्टी–ट्वान्टी विश्वकप छनोट अघि नेपालले मंगलबार यूएईसँग अभ्यास खेल खेल्दैछ । शुक्रबारको खेल पूर्व नेपालले दुई अभ्यास खेल खेल्नेछ । नेपालले बुधबार अमेरिकासँग खेल्ने छ । दुबईस्थित ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा हुने खेलमा नेपालको लक्ष्य प्रतियोगिता अघि जितलाई निरन्तरता दिनु हुनेछ ।...

एटीपी टुर टेनिसको उपाधी जोकोभिकलाई

२०७० कार्तिक २६ गते २:०६

काठमाण्डु, २६ कात्तिक । यसबर्षको विश्व एटीपी टुर टेनिसको उपाधी नोभाक जोकोभिकले जितेका छन् । इङ्ल्याण्डको लण्डनमा सम्पन्न प्रतियोगिताको फाइनलमा स्पेनिस राफेल नाडाललाई हराउँदै सर्भियाका जोकोभिकले उपाधी जितेका हुन् । नाडालविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका उनले फाइनल खेल ६–३ र ६–४ को सोझो सेटमा जिते...

उपाधी दावेदार आर्सनल र म्यान्चेस्टर सिटी पराजित

२०७० कार्तिक २५ गते ४:२३

काठमाण्डु, २५ कात्तिक–इङ्लिस प्रीमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत गएराती सम्पन्न खेलमा म्यान्चेस्टर युनाईटेडले आर्सनललाई हराएको छ । आफ्नै मैदान ओल्ड ट्राफोर्डमा म्यान्चेस्टर युनाईटेडले आर्सनलाई १–० ले हराएको हो । म्यान्यूलाई विजयी गराउन रविन भान पर्सीले २७ औं मिनेटमा निर्णायक गोल गरे । लिग लिडर...

विश्वकप क्रिकेटमा पुगेमा खेलाडीलाई पुरस्कारै पुरस्कार

२०७० कार्तिक २४ गते १३:२२

काठमाण्डु, २४ कात्तिक– यही कात्तिक २९ देखि मङ्सिर १२ गतेसम्म संयुक्त अरब इमिरेट्सको दुबईमा हुने विश्वकप क्रिकेट छनोट प्रतियोगिता (टी–ट्वान्टी) मा नेपाली टोली छनौट भएमा उनीहरुलाई विभिन्न पुरस्कार दिने निजी क्षेत्रका व्यवसायीहरुले घोषणा गरेका छन् । आइतबार आयोजित कार्यक्रममा निजी क्षेत्रका आठ व्यावसायिक कम्पनीले...

लिभरपुल दोस्रो स्थानमा

२०७० कार्तिक २४ गते ३:००

काठमाण्डु, २४ कात्तिक–इङ्ग्लीस प्रिमियर लिग फुटबलमा लिभरपुल २३ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । गएरातिको खेलमा लिभरपुलले फुलह्यामलाई ४–० ले पाखा लगायो । लिभरपुलकालागि लुईस सुरेजले २ तथा मार्टिन साक्तेल र फरनान्डो एमब्रोविटाले एक–एक गोल गरे । यसैगरी एस्टोन भिल्लाले कार्डिफलाई २–० ले...

राष्ट्रको प्रतिष्ठा जोगाउँदै मैदानमा उत्रन आग्रह

२०७० कार्तिक २३ गते १४:०६

काठमाण्डु, २३ कात्तिक– क्रिकेटप्रेमी एवम् प्रशंसकहरूले यही कात्तिक २९ देखि मङ्सिर १२ गतेसम्म संयुक्त अरब इमिरेट्सको दुबईमा हुने विश्वकप क्रिकेट छनोट प्रतियोगिता (ट्वेन्टी–ट्वेन्टी)मा भाग लिने नेपाली टोलीलाई राष्ट्रको प्रतिष्ठालाई हृदयंगम गर्दै मैदानमा उत्रन आग्रह गरेका छन् । केही समयअघि बर्मुडामा सम्पन्न आइसिसी वल्र्ड क्रिकेट...

टोटनह्याम युरोपा लिगको नकआउट चरणमा

२०७० कार्तिक २२ गते २:०७

काठमाण्डु, २२ कात्तिक–टोटनह्याम युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा रसियन क्लब शेरिफ टिरस्पोललाई २–१ गोल अन्तरले हराउँदै टोटनह्याम अन्तिम १६ मा प्रवेश गरेको हो । जितपछि टोटनह्याम ४ खेलबाट १२ अंकका साथ समूह ‘के’ को शीर्ष स्थानमा छ...

बार्साले एसीमिलानलाई हरायो, मेसीको २ गोल

२०७० कार्तिक २१ गते १:५७

काठमाण्डु, २१ कात्तिक–च्याम्पियन्स लिग फुटबल अन्तरगत गएराति भएको समुह चरणको खेलमा लियोनल मेसिको दुई गोलको मद्दतमा बार्सिलोनाले एसी मिलानलाई पराजित गरेको छ । एसी मिलानलाई ३–१ गोल अन्तरले हराउँदै बार्सिलोनाले च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । बार्साका लागि मेसिले पेनाल्टीसहित...

वेष्ट ईन्डिज २३४ रनमा समेटियो

२०७० कार्तिक २० गते ३:०५

काठमाण्डु, २० कात्तिक–भारत विरुद्धको दुई म्याचको टेष्ट श्रृंखला अन्तरगत बुधबारको पहिलो खेलमा वेष्ट ईन्डिजले खराब प्रदर्शन गरेको छ । कलकत्ताको ईडन गार्डेन क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट ईन्डिज पहिलो पारीमा २ सय ३४ रनमा समेटिएको छ । क्यारेबियन टोलीका लागि मार्लाेन...

म्यानचेस्टर सिटी अन्तिम १६ मा सुरक्षित

२०७० कार्तिक २० गते ३:००

काठमाण्डु, २० कात्तिक–च्याम्पियन्स लिग फुटबल अन्तरगत मंगलबार राती भएको खेलमा अल्वारो नेग्रेडोको ह्याट्रिकको मद्दतमा म्यानचेस्टर सिटीले सिएसकेएस मस्कोलाई ५–२ गोल अन्तरले पराजित गरेको छ । जितसँगै सिटी च्याम्पियनस लिगको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । सीटीका लागि थप दुई गोल सर्जियो अग्युरोले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us