
काठमाण्डु, २७ पुस – सहिद स्मारक ए डिभिजन फुटबल अन्तर्गत शनिबार भएको खेलमा सरस्वती क्लबले जाउलाखेल युथ क्लबलाई २–१ ले हराएको छ ।
सरस्वतीका लागि खेलको १८ औं मिनेटमा रमेश घिसिङ र ४४ औं मिनेटमा टंक लामाले गोल गरे ।
यस्तै जाउलाखेलकोतर्फबाट एकमात्र सान्त्वना गोल राम थापाले खेलको ६८ औं मिनेटमा गरे ।