खेलकुद

एनसेल फुटबल मंसिर २२ देखि

२०७० मंसिर १० गते १४:३४

काठमाण्डु, १० मंसिर– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना तथा एनसेल प्रालिको प्रायोजनमा हुने एनसेल कप फुटबल प्रतियोगिता यही मङ्सिर २२ गतेदेखि हुने भएको छ । एन्फा प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरका अनुसार प्रतियोगितामा ए डिभिजनमा आबद्ध १४ वटा क्लबबीच प्रतिष्पर्धा हुनेछ ।...

म्यानचेष्टर सिटी चौथो स्थानमा

२०७० मंसिर १० गते २:३५

काठमाण्डु, १० मंसिर– टोटनह्याम हट्सपरलाई आफ्नै मैदानमा ६–० ले हराउँदै म्यानचेष्टर सिटी इङ्लिश प्रिमियर लिग फुटबलको चौथो स्थानमा उक्लिएको छ । जितसँगै म्यानचेष्टर सिटीको २२ अंक भएको छ । जितका लागि सर्जियो अगुएरो र जिसस नाभासले २–२ तथा याया टोरे र अल्भारो नेग्रडोले १–१...

नेपाल विश्वकपको नजिक

२०७० मंसिर १० गते २:२६

काठमाण्डु, १० मंसिर– समूह चरणका खेलबाट तेस्रो स्थानमा पुगेपछि नेपालको विश्वकप ट्वान्टी–ट्वान्टी क्रिकेट खेल्ने सम्भावना बलियो भएको छ । समान ८ अंक बटुले पनि नेट रनरेटमा स्कटल्याण्डलाई पछि पार्दै नेपालले तेस्रो स्थान हासिल गर्दै दोस्रो चरणमा पुगेको छ । अब नेपालले बुधबार अर्को समूहमा...

बर्मुडालाई हराउँदै नेपाल अघिल्लो चरणमा

२०७० मंसिर ८ गते १३:०३

काठमाण्डु, ८ मंसिर– विश्व ट्वान्टी–२० छनोट क्रिकेट प्रतियोगितामा नेपालले बर्मुडालाई हराएको छ । बर्मुडासँग नेपालले २१ रनको जित हात पारेको हो । यस जितसँगै नेपाल अघिल्लो चरणमा प्रवेश गरेको छ । अघिल्लो चरणका खेलबाट शीर्ष चार स्थानमा पर्न सकेमा नेपाल विश्वकप ट्वान्टी–२० क्रिकेटमा छनोट...

यु-१९ एसिया कपका लागि २२ खेलाडी

२०७० मंसिर ८ गते १२:३८

काठमाण्डु, ८ मंसिर । एसियाली क्रिकेट परिषदको कार्यक्रम अनुसार आगामी पुस १३ देखि २० गतेसम्म यूएईमा हुने एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले २२ जना खेलाडीलाई प्रारम्भिक छनोटमा पारेको छ । क्यानका सचिव उत्तकुमार कर्माचार्यले दिएको जानकारी अनुसार...

‘जर्नी टु वल्र्डकप क्रिकेट’ मङ्सिरको दोस्रो हप्तामा

२०७० मंसिर ८ गते २:४४

काठमाण्डु, ७ मङ्सिर–न्युजिल्यान्डमा आगामी जनवरीमा हुने विश्वकप छनोटको तयारीका लागि यही मङ्सिर १७ देखि २२ गतेसम्म ‘सगरमाथा सिमेन्ट जर्नी टु वल्र्डकप क्रिकेट’ प्रतियोगिता काठमाण्डुमा हुने भएको छ । प्रतियोगितामा नेपाल, सिङ्गापुर, एयर इन्डिया र दिल्ली वन्डर्स गरी चार टोलीको सहभागिता रहनेछ । नेपाल क्रिकेट...

आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेट : नेपाल र अफगानिस्तान भिड्दै

२०७० मंसिर ६ गते ४:०४

काठमाण्डु, ७ मंसिर–दुबईमा जारी आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत शुक्रबार हुने आफ्नो छैटौं खेलमा नेपालले अफगानिस्तानको सामना गर्नेछ । पाँच खेल खेलेको नेपाल तीन खेलमा जित र दुई खेलमा हार बेहोर्दै समूह ‘बी’को तेस्रो स्थानमा रहेको छ । नेपालको अङ्क तालिकामा ६ अङ्क...

पोर्चुगल, फ्रान्स र घाना विश्वकपका लागि छानिए

२०७० मंसिर ५ गते २:५९

काठमाण्डु, ५ मंसिर–पोर्चुगल, फ्रान्स र घाना सन् २०१४ मा ब्राजिलमा हुने विश्वकप फुटबलका लागि छानिएका छन् । गएराति भएको आ–आफ्नो खेल जित्दै उनीहरु विश्वकपमा स्थान पक्का गर्न सफल भएका हुन् । गएराति भएको प्लेअफ खेलमा स्विडेनलाई ३–२ गोल अन्तरले पराजित गर्दै पोर्चुगल विश्वकपका लागि...

विश्वकप टी–२० छनोट क्रिकेट : नेपाल र नेदरल्याण्ड्स खेल्दै

२०७० मंसिर ५ गते २:१२

काठमाण्डु, ५ मंसिर–युएइमा जारी विश्वकप ट्वान्टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा बुधबार नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । यो खेल जितेमा नेपालको विश्वकप खेल्ने संभावना बलियो हुनेछ । नेदरल्याण्ड्स समुहको शीर्ष स्थानमा नेपाल दोस्रो स्थानमा छन् । त्यसैले यो खेललाई निकै महत्वका साथ हेरिएको छ । यसअघि मंगलबार...

पपुवा न्यूगिनीसँग नेपालको ७ विकेटको जित

२०७० मंसिर ४ गते १४:१२

काठमाण्डु, ४ मंसिर । युएईमा जारी आइसीसी विश्व टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र पपुवा न्यू गिनी (पिएनजी) बीचको मंगलबारको खेलमा नेपालले पिएनजीलाई ७ विकेटले पराजित गरेको छ । युएईको शारजाहँ क्रिकेट रंगशालामा खेलिएको सो खेलमा पिएनजीले दिएको १४१ रनको विजयी लक्ष्य नेपालले १८.२...

नेपाललाई पपुवा न्यूगिनीद्वारा १४१ रनको चूनौती

२०७० मंसिर ४ गते १२:०२

काठमाण्डु, ४ मंसिर– युएईमा जारी आइसीसी विश्व टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र पपुवा न्यूगिनी (पिएनजी) बीचको मंगलबारको खेलमा नेपालसामु पिएनजीले १४१ रनको विजयी लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको पिएनजीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको छ ।...

नेपालको अपराजित यात्रा टुंगियो, स्कटल्याण्डसँग ८ विकेटकाे हार

२०७० मंसिर ३ गते १२:१९

काठमाण्डु, ३ मंसिर– ट्वान्टी–२० विश्वकप छनोट क्रिकेट प्रतियोगितामा ट्वान्टी–२० विश्वकप छनोट क्रिकेटमा नेपालले स्कटल्याण्डसँग ८ विकेटले हार व्यहोरेको छ । यससँगे नेपालको अपराजित यात्रा सकिएको छ । नेपालले स्कटल्याण्डलाई १ सय ३८ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य स्कटल्याण्डले ४ बल बाँकी छँदा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us