न्युजिल्याण्डमा नेपालको सान्त्वना जित

काठमाण्डु टुडे २०७० माघ १४ गते ४:१० मा प्रकाशित

can-cricketकाठमाण्डु, १४ माघ – एकदिवसीय विश्वकप छनौट क्रिकेट प्रतियोगिता नेपालले नवौं स्थानमा टुंग्याएको छ ।

१० टिम सहभागी प्रतियोगिता अन्तर्गत नावौं स्थनानका लागि भएको खेलमा नेपालले युगाण्डालाई १ सय ६० रनले पराजित गर्यो ।

नेपाललाई सान्त्वना जित दिलाउने क्रममा सागर पुनले ३, शक्ति गौचन र सोमपाल कामीले समान २ तथा वसन्त रेग्मीले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २ बल अगावै अलआउट हुँदै २ सय ४० रन बनाएको थियो । नेपालको पारीमा सर्वाधिक ५९ रन जोडेका पृथु बास्कोटा घाइते भएर बीचमै मैदान बाहिरिए ।

यस्तै सरद भेषावकरले ४१, विनोद भण्डारीले ३५, पारस खड्काले ३०, प्रदिप ऐरीले २३ र महेश क्षेत्रीले १९ रनको योगदान गर्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । प्रतियोगितामा यो नेपालको पहिलो जित हो भने युगाण्डाले कुनै पनि खेल जित्न सकेन ।

एकैसाथ डिभिजन टू मा उक्लिएका दुबै टिमले विश्वकप खेल्ने सम्भावना यसअघि नै समाप्त भइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us