
काठमाण्डु, १० माघ– स्वीजरल्याण्डका स्टानिस्सल वावरिन्का अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा पुगेका छन् । अष्ट्रेलियाको मेलवर्नमा शुक्रबार विहान भएको सेमिफाइनलमा चेक गणतन्त्रका थोमस बर्डिचलाई ६–३, ६–७, ७–६ र ७–६ को सेटमा हराउँदै वावरिन्का फाइनलमा पुगेका हुन् ।
फाइनलमा उनको प्रतिस्पर्धा स्पेनका राफाल नाडाल र स्वीजरल्याण्डका रोजर फेडेररबीचको विजेतासँग हुनेछ ।