थ्रीस्टार दोस्रो स्थानमा उक्लियो, आरसिटीमाथि रेलिगेसनको भूमरी

काठमाण्डु टुडे २०७० माघ ९ गते ११:१९ मा प्रकाशित

A-Division-Leagueकाठमाण्डु, ९ माघ – सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा थ्रीस्टार क्लवले नेपाल पुलिस क्लवलाई हराएको छ ।

विहीबार भएको खेलमा थ्रीस्टारले पुलिसलाई २–१ गोलअन्तरले हराएको छ । थ्रीस्टारका लागि १८ औं मिनेटमा जगजित श्रेष्ठ र ६४ औं मिनेटमा डोडोजले गोल गरे । पुलिसका लागि सान्त्वना गोल ७४ औं मिनेटमा जुमानु राईले गरे ।

यसअघि विहीबारको खेलमा मच्छिन्द्र क्लवसँगको पराजयसँगै रानीपोखरी कर्नर टिम आरसिटीको रेलिगेसन खतरा अझ बढेको छ । ऋणात्मक तीन अंकबाट जारी लिग सुरु गरेको आरसिटीले जारी लिगमा अहिलेसम्ममा जम्मा १ अंक जोडेको छ ।

यो अवस्थामा लिगमा फर्कन उसलाई निकै कठिन पर्ने देखिन्छ । जारी लिगमा दोस्रो खेलमा नेपाल पुलिस क्लवलाई हराएको आरसिटीले त्यसयता कुनै पनि खेलमा राम्रो गर्न सकेन ।

उसले अब कडा प्रतिद्वन्द्वी नेपाल आर्मीसँग खेल्न बाँकी छ । त्यसो त संकटा र जाउलाखेलसँगको खेल पनि उसका लागि कठिन नै पर्ने देखिन्छ । मच्छिन्द्रले आरसिटीलाई कर्ण लिम्बूको एकमात्र गोलले हरायो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us