म्यान्चेस्टर सिटी लिग कपको फाईनलमा

काठमाण्डु टुडे २०७० माघ ८ गते ३:०६ मा प्रकाशित

Manchester-Cityकाठमाण्डु, ८ माघ–दोस्रो लेगमा वेस्ट ह्यामलाई ३–० ले पराजित गदै म्यान्चेस्टर सिटी पहिलोपटक लिग कपको फाईनलमा पुगेको छ । ३८ वर्षे कमको ईतिहारमा पहिलोपटक फाईनलमा पुग्ने क्रममा सिटीले वेस्ट ह्यामलाई समग्रमा ९–० को फराकिलो अन्तरले पराजित गर्यो ।

सिटीलाई जीतलाई जीत दिलाउने क्रममा स्पेनका अल्भारो नेग्रेदोले दुई गोल गरे भने अर्को एक गोल अर्जेन्टीनाका खेलाडी सर्जियो अग्युरोले गरे । पहिलो लेगमा वेस्टह्याम विरुद्ध सिटीले ६–० को फराकिलो जीत निकालेको थियो ।

लिग कपको फाईनलमा सिटीले म्यान्चेस्टर युनाईटेड र सन्डल्याण्डबीचको विजेतासँग खेल्ने छ । यी दुईबीचको खेल बुधबार राति हुने छ ।

यस वर्ष प्रिमियर लिगका निकै खराब प्रदर्शन गरेर जितको सम्भावना लगभग समाप्त भईसकेको गत सिजनको प्रिमियर लिग विजेता म्यान यू लिग वनको सेमीफाईनमा पनि सन्डल्याण्ड भन्दा एक गोलले पछाडी छ । म्यानयु पहिलो लेगमा सन्डल्याण्डबाट २–१ ले पराजित भएको थियो । फाईनलमा पुग्न म्यानयुले स्पस्ट दुई गोलको अन्तरको जीत निकाल्नु पर्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us