
काठमाण्डु, १२ माघ – सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आइतबारको पहिलो खेलमा नेपाल पुलिस क्लव फ्रेन्ड्स क्लवसँग बराबरीमा रोकिएको छ । दुई पटकको अग्रता जोगाउन नसक्दा पुलिस २–२ को बराबरीमा रोकिन पुग्यो ।
पुलिसका लागि भरत शाह र भोला सिलवालले गोल गरे फ्रेन्डस्का लागि दुवै गोल मार्टिनले गरे । यो बराबरीपछि पुलिसले महत्वपूर्ण तीन अंक गुमाएको छ । योसँगै पुलिसलाई लिग लिडर मनाङसँग अंक दूरी घटाउने अवसर पनि गुमाएको छ ।