
काठमाण्डु, १० माघ – सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत शुक्रबारको खेलमा हिमालयन शेर्पाले उपाधि दाबेदार त्रिभुवन आर्मी क्लवलाई बराबरीमा रोकेको छ ।
हिमालयन शेर्पाले आर्मीलाई १–१ गोलको बराबरीमा रोकेको हो ।
पहिलो हाफको २४ औं मिनेटमा राजु तामाङको गोलबाट अग्रता लिएको आर्मी त्यसलाई जोगाउन नसक्दा महत्वपूर्ण तीन अंक गुमाउन पुग्यो ।
हिमालयन शेर्पाका लागि खेलको ८४ औं मिनेटमा सिकोले गोल गरे ।
यो बराबरीसँगै आर्मी सातौं स्थानमा झरेको छ । हिमालयन शेर्पाको भने १२ अंक छ र ऊ तालिकाको आर्मी भन्दा एक स्थान माथि छ ।
यस्तै शुक्रबारको पहिलो खेलमा सरस्वती क्लवले फ्रेन्डस क्लबलाई १–० ले हरायो ।