खेलकुद

आर्सनलले शीर्ष स्थानमा पुग्ने मौका गुमायो

२०७० पुष ९ गते ३:४७

काठमाण्डु, ९ पुस– इङ्गलिस प्रिमियर लीग फुटबलमा चेल्सीसँग बराबरी खेलेपछि आर्सनलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । गृहमैदान इमिरेट्स स्टेडियममा सोमबार रातिको खेलमा चेल्सी र आर्सनलले गोल रहित बराबरी खेलेका हुन् । ६१ प्रतिशत समय आफ्नो पक्षमा पारेको आर्सनल गोल गर्न भने चुक्यो...

पाकिस्तानले श्रीलंकालाई ११३ रनले हरायो

२०७० पुष ८ गते ४:३३

काठमाण्डु, ८ पुस– तेस्रो वनडे क्रिकेटमा पाकिस्तानले श्रीलंकालाई १ सय १३ रनले हराएको छ । यो जितसँगै पाकिस्तानले पाँच म्याचको सिरिजमा २–१ को अग्रता लिएको छ । ३२७ रनको विजय लक्ष्य पछ्याएको श्रीलंका ४४ ओभर ४ बलमा २ सय १३ रनमा समेटिएको थियो ।...

बार्सा स्पेनिस ला-लिगाको शीर्ष स्थानमा

२०७० पुष ८ गते ३:०५

काठमाण्डु, ८ पुस– स्पेनिस स्ट्राइकर पेद्रो इजेइजरले पहिलो हाफको नौं मिनेटभित्रै ह्याट्रिक गरेपछि स्पेनिस लालिगा फुटबल अन्तरगत आइतबार राति भएको खेलमा बार्सिलोनाले गाताफेलाई पाँच–दुई गोल अन्तरले हराएको छ । लियोनल मेसी र नेयमारविना नै मैदान उत्रिएको बार्साको लागि पेद्रोले दोस्रो हाफको ३४, ४१ र...

वार्यनलाई क्लब च्याम्पीयनको उपाधी

२०७० पुष ७ गते ४:४०

काठमाण्डु, ७ पुस–जर्मन क्लव वायर्न म्युनिखले क्लब च्याम्पियनको उपाधि जितेको छ । शनिबार राति भएको फाइनल खेलमा राजा कासाब्लाङ क्लबलाई दु्ई–शून्यले हराउँदै वायर्नले उपाधी जितेको हो । बायर्नको जितमा डान्टे र थिएगो अलाकान्त्राले सातौं र बाइसौं मिनेटमा एक–एक गोल गरे । यसैबीच ईङलिश प्रिमियर...

विश्वकप ट्रफी भारत लगियो

२०७० पुष ७ गते २:४५

काठमाण्डु, ७ पुस– विश्वकप फुटबलको ट्रफी आइतबार भारत लगिएको छ । शनिबार नेपाल ल्याइएको ट्रफी आइतबार भारत लगिएको हो । शनिबार अपरान्ह दशरथ रंगशालामा प्रदर्शन गरिएको ट्रफी रातभर काठमाण्डुको सोल्टी होटलमा राखिएको थियो । अन्तराष्ट्रिय फुटबल महासंघ फिफाले थालेको ट्रफी टुर अन्तरगत यसपाली पहिलोपटक...

विश्वकप ट्रफी दशरथ रंगशालामा प्रदर्शन

२०७० पुष ६ गते ४:२४

काठमाण्डु, ६ पुस – विश्वकप फुटबलको ट्रफी दशरथ रंगशालामा प्रदर्शन गरिएको छ । कोकाकोला फिफा ट्रफी टुर अन्तर्गत विश्वकप ट्रफी भुटान हुँदै फिफाको विषेश विमानमा पहिलोपटक नेपाल ल्याइएको हो । ट्रफी विमानस्थलबाट दशरथ रंगशालामा लगेपछि राष्ट्रपति डा. रामवरण यादवले त्यसलाई उचालेर प्रदर्शन गरे ।...

महोत्तरीमा यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने

२०७० पुष ६ गते १:४५

महोत्तरी, ५ पुस – महोत्तरी सदरमुकाम जलेश्वरमा पहिलो पटक यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । जिल्ला क्रिकेट संघ महोत्तरीको आयोजनामा सदरमुकाम जलेश्वरस्थित रङ्गशालामा पुस १२ गतेदेखि सञ्चालन हुने सो प्रतियोगितामा देशका नौवटै क्षेत्रका यु–१६ खेलाडीले भाग लिने संघका अध्यक्ष रोशन सिंहले जानकारी...

विश्वकप ट्रफी आज काठमाण्डु ल्याईंदै

२०७० पुष ६ गते १:४२

काठमाण्डु, ६ पुस–नेपालमा पहिलोपटक विश्वकप फुटबलको ट्रफी शनिबार ल्याईंदै छ । फुटबलको सर्बोच्च निकाय फिफाको विशेष विमानबाट भुटान हुदै ट्रफी नेपाल ल्याइने छ । मध्यान्ह बाह्र बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ट्रफीलाई प्रदर्शनीमा राखिने छ । राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा सुरु हुने ट्रफी...

दोस्रो अभ्यास खेलमा नेपालको संघर्षपूर्ण जित

२०७० पुष ५ गते ७:२०

काठमाण्डु, ५ पुस – एक दिवसीय विश्वकप क्रिकेट छनोट खेलको तयारीका क्रममा श्रीलंकामा रहेको नेपाली क्रिकेट टिम आफ्नो दोस्रो अभ्यास खेलमा २ विकेटले विजयी भएको छ । मूर्स क्रिकेट क्लवले घरेलु मैदानमा प्रस्तुत गरेको १ सय ४८ रनको सामान्य लक्ष्य नेपालले ३२ ओभर २ बलमा...

पहिलो अभ्यास खेलमा नेपाल ४ विकेटले विजयी

२०७० पुष ४ गते १२:४१

काठमाण्डु ४ पुस – विश्वकप क्रिकेट छनोट प्रतियोगिताको तयारीका क्रममा श्रीलंकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम आफ्नो पहिलो अभ्यास खेलमा विजयी भएको छ । बिहीबार भएको खेलमा नेपालले स्थानीय कोल्टस् क्रिकेट क्लव कोलम्बोलाई उसकै मैदानमा ४ विकेटले पराजित गरेको हो । २ सय २९...

नेपाल फिफा वरियतामा ७ स्थान तल

२०७० पुष ४ गते ११:०४

काठमाण्डु, ४ पुस – नेपाल फिफा वरियतमा सात स्थान तल झरेको छ । विश्व फुटबलको नियमनकारी निकाय ‘फिफा’ले बिहीबार जारी गरेको नयाँ वरियताक्रममा १ सय ६५ बाट ७ स्थान तल झर्दै नेपाल १ सय ७२ औं स्थानमा पुगेको छ । ...

दक्षिण अफ्रिका विरुद्धको पहिलो टेष्टको पहिलो पालीमा भारतको २८० रन

२०७० पुष ४ गते ९:४४

काठमाण्डु, ४ पुस– दक्षिण अफ्रिका विरुद्धको पहिलो टेष्टको पहिलो पालीमा भारत २ सय ८० रनमा समेटिएको छ । पहिलो दिन ५ विकेट गुमाएर २ सय ५५ रन बनाएको भारतले दोस्रो ३० रन जोड्दा बाँकि ५ खेलाडी गुमायो । भारतका लागि विराट कोहलीले सर्वाधिक १...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us