खेलकुद

जावलाखेल बाहिरियो, आर्मीलाई सहज

२०७० मंसिर १९ गते १४:२०

काठमाण्डु, १९ मंसिर– राजधानीमा जारी एनसेल कप फुटबल प्रतियोगितअन्तर्गत बुधबार भएको जाउलाखेल युथ क्लब र संकटा क्लबबीचको खेल गोलरहित बराबरीमा सकियो । दशरथ रङ्गशालामा भएको समूह ‘ए’ को यो खेलमा निर्धारित समयमा दुवै टिमले कुनै गोल गर्न सकेन । यससँगै दुई खेल खेलेको जाउलाखेलले...

क्रिस्टल प्यालेसको दुर्लभ जीत

२०७० मंसिर १९ गते ४:१०

काठमाण्डु, १९ मंसिर–वेस्ट ह्याम विरुद्ध १–० को जीत हासिल गर्दै ईङ्गलिस प्रिमियर लिग क्लब क्रिस्टल प्यालेस लीग तालिकाको पुछारबाट एक स्थान माथि उक्लिएको छ । तालिकाका कुल २० टोली मध्ये उ १९ औं स्थानमा पुगेको छ । लिगमा खेलिएका १४ खेलमा यो प्यालेसको मात्र...

क्रिकेट खेलाडीलाई नगर परिक्रमा सहित सम्मान

२०७० मंसिर १९ गते ३:०७

काठमाण्डु, १९ मंसिर– बंगलादेशमा आगामी बर्ष हुने ट्वान्टी–ट्वान्टी विश्वकपमा छनौट भएको नेपाली क्रिकेट टोलीको सम्मानमा राष्ट्रिय खेलकुद परिषदले बुधबार नगर परिक्रमा गराएको छ । खेलाडिहरु बसेको नक्शालस्थित होटल क्राउन प्लाजाबाट पन्चैबाजा सहित उनीहरुलाई नगर परिक्रमा गराउन शुरु भएको थियो । विशेषरुपमा सजाइएको गाडिमा बसेका...

एनसेल कप फुटबलमा दुई खेल

२०७० मंसिर १८ गते ३:५९

काठमाण्डु, १८ मंसिर–एनसेल कप फुटबल प्रतियोगिता अन्तरगत मंगलबार दुई खेल हुँदैछन् । काठमाण्डुको दशरथ रंगशालामा मध्यान्ह हुने पहिलो खेलमा थ्रीस्टार क्लब र सशस्त्र प्रहरी क्लब एपीएफ भिड्नेछन् । यस्तै दोस्रो खेलमा मनाङ मर्स्याङ्दी र ब्याइज युनियन क्लब आमने सामने हुनेछन् । यी दुई टोली...

नेपाल र दिल्ली वान्डरर्स खेल्दै

२०७० मंसिर १८ गते २:४५

काठमाण्डु, १८ मंसिर– जर्नी टु वर्ल्डकप क्रिकेट प्रतियोगीतामा अहिले नेपालले भारतको दिल्ली वान्डरसको सामना गरिरहेको छ । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको क्रिकेट मैदानमा टस हारेर दिल्ली वान्डरसले ब्याटिङ गरिरहेको छ । सोमबारको पहिलो खेलमा नेपालले भारतकै एयर इण्डीयालाई ५ विकेटले हराएर विजयी सुरुआत गरेको थियो...

११ जनालाई म्याच फिक्सिङको आरोप

२०७० मंसिर १८ गते २:४२

काठमाण्डु, १८ मंसिर–पूर्वी युरोपेली देश ईस्टोनियामा विभिन्न ११ जना ब्यक्तिहरुलाई सन् २०११ र १२ मा भएका फुटबल खेलहरुमा म्याच फिक्सिङ गरेको आरोपमा अभियोग दर्ता गरिएको छ । ती ब्यक्तिहरुमाथि १२ वटा स्थानिय खेल र चार अन्तराष्ट्रिय खेलहरु फिक्स गराउन भुमिका खेलेको आरोप लगाईएको छ...

देश फर्किने बित्तिकै क्रिकेट टिमको अर्को जित

२०७० मंसिर १७ गते १०:१५

काठमाण्डु, १७ मंसिर– नेपाललाई ट्वान्टी–२० विश्वकपमा प्रवेश गराएर फर्केको नेपाली क्रिकेट टोलीले स्वदेश आउनासाथै अर्को सफलता हात पारेको छ । आइतबार साँझ मात्र स्वदेश फर्केको नेपाली टिमले सोमबार ‘जर्नी टु वल्र्डकप’को पहिलो खेलमा एयर इण्डिया क्रिकेट टिमलाई ५ विकेटले हराउँदै सफलता हात पारेको हो...

एनसेल कपको दोस्रो संस्करण आजबाट

२०७० मंसिर १७ गते ३:०२

काठमाण्डु, १७ मंसिर– सर्वाधिक पुरस्कार राशिको नकआउट फुटबल प्रतियोगिता एनसेल कपको दोस्रो संस्करण सोमबारबाट काठमाण्डुमा शुरु हुँदैछ । प्रतियोगिताको उदघाटन खेलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लब भिड्नेछन् । दोस्रो खेलमा फ्रेण्ड्स क्लब र यती हिमालयन शेर्पा आमने सामने हुनेछन् । प्रतियोगितामा ए...

विमललाई प्रतिभावान खेलाडि सम्मान

२०७० मंसिर १७ गते १:५४

काठमाण्डु, १७ मंसिर–युवा खेलाडि बिमल घर्तिमगरलाई अनुप मेमोरियल ट्रष्टले नव प्रतिभावान खेलाडिको रुपमा सम्मान गर्ने भएको छ । ट्रष्टले हरेक महिना साढे १२ हजारको दरले दुई बर्षसम्म तीन लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको हो । बिमलकी आमालाई सोमबार पुरस्कार प्रदान गरिने छ...

नेपाललाई विश्वकपमा पुर्‍याउने खेलाडीहरु स्वदेश फर्किए

२०७० मंसिर १६ गते १३:४६

काठमाण्डु, १६ मंसिर– आइसीसी ट्वान्टी–२० विश्वकपमा नेपाललाई प्रवेश गराउन सफल नेपाली क्रिकेट खेलाडीहरु स्वदेश फर्केका छन् । उनीहरु युएईमा भएको ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिता सकेर आइतबार साँझ ६ बजे स्वदेश आइपुगेका हुन् । छनोट प्रतियोगितामा तेस्रो स्थान समेत पाउन सफल क्रिकेट खेलाडीहरुलाई स्वागत गर्नका...

सबैभन्दा बढी पुरस्कार भएको फुटबल सोमबारेदेखि

२०७० मंसिर १६ गते ९:२९

काठमाण्डु, १६ मंसिर– नकआउट फुटबल प्रतियोगितामा सर्वाधिक पुरस्कार राशि भएको एनसेल कप फुटबल प्रतियोगिता सोमबारदेखि राजधानीमा सञ्चालन हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने सो प्रतियोगितामा ‘ए’ डिभिजनमा रहेका १४ क्लबमध्ये १२ क्लबले प्रतिस्पर्धा गर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।...

टी–ट्वान्टी विश्वकप छनोटको उपाधी आयरल्याण्डलाई

२०७० मंसिर १६ गते ४:५६

काठमाण्डु, १६ मंसिर–आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेट छनोट प्रतियोगिताको उपाधी आयरल्याण्डले जितेको छ । युएइस्थित आबुधाबीमा शनिबार राति सम्पन्न फाइनल खेलमा अफगानिस्तानलाई ६८ रनले हराउँदै आयरल्याण्डले उपाधी जितेको हो । टस जितेर ब्याटिङ गरेको आयरल्याण्डले अफगानिस्तानलाई निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २२५ रन बनाएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us