
काठमाण्डु, २८ माघ – नेपालले थाइल्याण्डमा मंगलबारबाट सुरु भएको एसीसी वुमन प्रिमियर क्रिकेटमा विजयी सुरुवात गरेका छन् ।
आफ्नो पहिलो खेलमा नेपालले इरानलाई २ सय २१ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
पहिले व्याटिङ थालेको नेपालले निर्धारित ४० ओभरमा ६ विकेट गुमाएर २ सय ८४ रन बनायो ।
नेपालका लागि सरिता मगरले ७२ रन बनाइन् भने सीता मगरले ६१ रनको योगदान दिइन् । नेरी राजोपाध्यायले अविजित ४१ रन बनाइन् ।
जवाफमा मैदान उत्रिएको इरान ३०.४ ओभरमा ६३ रन जोड्दा अलआउट भयो ।
उसलाई सस्तैमा समेट्ने क्रममा सीता मगरले ४ विकेट लिइन् भने रुविना क्षेत्रीले २ र सरिता मगरले १ विकेट हात पारिन् ।