पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः आङ्देम्बे

काठमाण्डु टुडे २०८३ साउन ६ गते १३:३० मा प्रकाशित

काठमाण्डू, ६ साउन– कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरूले पार्टी फुटाउन होइन, जोड्न एकता कायम गर्नुपर्ने बताएका छन ।

आज (बुधबार) कांग्रेस, भरतपुर महानगर समितिले चितवनमा ४४ औँ बीपी स्मृति दिवसको अवसरको आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

वृक्षरोपण कार्यक्रम पछि उनले स्थानीय पत्रकारसँग कुराकानी गर्दै मुलुकको विकासका लागि कांग्रेस फुट्नु अभिशाप हुने जिकिर गरे ।

नेता आङ्देम्बेले पार्टी फुटाउन होइन, जुटाउन गोलबद्ध हुनुपर्ने बताए । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, नेपाली कांग्रेसका नेता डा.केदार नरसिंह केसी, कांग्रेस चितवनका सभापति राजेश्वर खनाललगायतका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

भरतपुर–१० स्थित गेष्टहाउस पछाडिको खुला मैदानमा वृक्षरोपण गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us