
काठमाण्डु, २८ माघ– सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपाल पुलिस विजयी भएको छ ।
दशरथ रंगशलामा मंगलबार भएको खेलमा पुलिसले संकटालाई २–० ले पराजित गरेको हो । पुलिसलाई जिताउन जुमनु राइ र भरत शाहले एक एक गोलको योगदान गरे । जितसँगै पुलिसको २५ अंक भएको छ । संकटाको भने २२ अंक छ ।
यसअघि पहिलो चरणको खेलमा भएको यी दुवै टिमले गोलरहित बराबरी खेलेका थिए ।