नेपाली महिला क्रिकेट टोलीको लज्जास्पद हार

काठमाण्डु टुडे २०७० फागुन १ गते ५:१० मा प्रकाशित

can-cricketकाठमाण्डु, १ फागुन– नेपालले एसीसी वुमिन प्रिमियर लिग क्रिकेटको दोस्रो खेलमा लज्जापद हार बेहोरेको छ ।
पहिलो खेलमा इरानलाई २ सय २१ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा बिहीबार थाइल्याण्डसँग ८ विकेटले पराजित भएको हो ।

टस जितेर पहिले व्याटिङ रोजेको नेपाली टोलीले खराब प्रर्दशन गर्दै ३९ रनमा अलआउट भयो । नेपाली टोलीका लागि सरस्वती चौधरीले नटआउट बनाएको ११ रन नै सर्वाधिक स्कोर बन्यो ।

नीरा राजोपाध्यायले ५, ममता थापा ३, सरिता मगर, ममता चौधरी, शोभा आले र रुविना क्षेत्री समान २ रनमा आउट भए । कालन श्रेष्ठले १ रन मात्र बनाइन् भने सीता मगर, करुणा भण्डारी र सोनु खड्का रित्ता हात पभेलियन फर्किए ।

४० रनको झिनो लक्ष्य पछ्याएको थाइल्याण्डले २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । नेपालविरुद्ध थाइल्याण्डकी नाटाकम छनटमले २५ रनको अविजित पारी खेलिन् । नेपालका सरिता मगर र सीता मगरले एकएक विकेट हात पारे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us