ए डिभिजनमा थ्रीस्टारको उपाधि होड खुला

काठमाण्डु टुडे २०७० माघ २५ गते ११:४४ मा प्रकाशित

काठमाण्डु, २५ माघ – सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा थ्री स्टार क्लव विजयी भएको छ ।
A-Division-Leagueदशरथ रंगशालामा शनिबार भएको खेलमा थ्रीस्टारले चिरप्रतिद्वन्द्वी मनाङ मस्र्याङदी क्लवलाई १–० ले हराएको हो ।

थ्रीस्टारले मनाङलाई हराएपछि ए डिभिजन लिगको उपाधि होड खुला भएको छ । निकै प्रतिस्पर्धात्मक खेलमा थ्रीस्टारका लागि योगेश गुरुङले खेलको ७६ औं मिनेटमा गोल गरे ।

जितसँगै थ्रस्टार २४ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । समान १२ खेल खेलेको मनाङ २६ अंकका साथ पहिलो स्थानमा छ । शनिबारै भएको पहिलो खेलमा फ्रेण्ड्स क्लबले ब्वाइज युनियनलाई ४–१ ले हरायो ।

फ्रेण्ड्सका लागि माटिन्र्स, दिपक गुरुङ, भिक्टर र सुशील लामाले एक एक गोल गरे  । ब्वाइज युनियनका राजु योगीले सान्त्वना गोल फर्काए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us