
काठमाण्डु, ४ फागुन – बंगलादेशमा फागुन ३० गतेदेखि हुने ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले ४ जना वैकल्पिक खेलाडीसहित १९ जना खेलाडी छनोट गरेको हो ।
विश्वकप खेल्न टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, सोमपाल कामी, शक्ति गौचन, बसन्त रेग्मी रहेका छन् ।
यस्तै पृथु बास्कोटा, विनोद भण्डारी, प्रदीप ऐरी, नरेश बुढाऐर, सागर पुन र जितेन्द्र मुखियाका साथै राहुल विक, सुवास खकुरेल र अभिनाश कर्ण पनि टोलीमा छन् । अनिल मण्डल, महेश क्षेत्री, भुवन कार्की र अमृत भट्टराई भने वैकल्पिक खेलाडीको सूचीमा परेका छन् ।