पुलिस र थ्रीस्टारले बराबरी खेल्दा मनाङलाई फाइदा

काठमाण्डु टुडे २०७० फागुन ३ गते १४:२० मा प्रकाशित

A-Division-Leagueकाठमाण्डु, ३ फागुन – सहिद स्मारक ए डिभिजन लिग फुटबलको सुपर सिक्सको महत्वपूर्ण खेलमा थ्री स्टार र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।

दशरथ रंगशालामा शनिबार दुवै टोलीले गोलरहित बराबरी खेलेपछि लिग लिडर मनाङ मर्स्याङदी क्लवलाई फाइदा पुगेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले धेरै गोल गर्ने अवसर चुकाएका थिए । जारी लिगको पहिलो चरणको खेलमा थ्रीस्टारले पुलिसलाई २–१ ले हराएको थियो ।

बराबरीसँगै २६ अंकसहित पुलिस दोस्रो र २५ अंकसहित थ्रीस्टार तेस्रो स्थानमा कायमै छन् । यिनीहरुले १४ खेल खेलेका छन् भने एक खेल कम खेलेको मनाङको २९ अंक छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us