नेपाल डिभिजन थ्रीमा घटुवा, नेदरल्याण्डसँग ७ विकेटले हार्‍यो

काठमाण्डु टुडे २०७० माघ १२ गते ४:४८ मा प्रकाशित

nepali-cricket-players-in-dubaiकाठमाण्डु, १२ माघ– विश्वकप छनोट प्रतियोगितामा आइतबार नेपाल नेदरल्याण्डसँग ७ विकेटले पराजित भएपछि डिभिजन थ्रीमा घटुवा भएको छ । सातौं स्थानका लागि न्युजिल्याण्डमा भएको खेलमा नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।

नेपालले दिएको १ सय ७२ रनको लक्ष्य नेदरल्याण्डले ३१ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर भेटायो ।

नेपालका लागि बसन्त रेग्मीले दुई र पृथु बास्कोटोले एक विकेट लिए ।

नेपालका लागि शरद भेषावकरले ४२ रन जोडे । चोट लिएर मैदान उत्रिएका कप्तान पारस खड्का २९ रनमा आउट भए । शक्ति गौचनले २६, बसन्त रेग्मीले १७, विनोद भण्डारी १४ र सागर पुन १२ रनमा आउट भए । ओपनर अनिल मण्डलले ७ र प्रदीप ऐरी मात्र ५ रन बनाएका थिए । ज्ञानेन्द्र मल्ल र पृथु बास्कोटाले एक रन पनि बनाउन नसकी आउट भएका थिए ।

नेपालले अब नबौं स्थानको लागि प्लेअफ खेलमा क्यानडा र युगान्डाबीचको पराजित टोलीसँग खेल्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us