रियल म्याड्रिड ला लिगाको शीर्ष स्थानमा

काठमाण्डु टुडे २०७० माघ १२ गते ३:२९ मा प्रकाशित

Cristiano Ronaldoकाठमाण्डु, १२ माघ– ग्रानाडालाई दुई–शुन्यले पराजित गर्दै रियल म्याड्रिड स्पेनीस लिग ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । जितसँगै रियल यसअघि शीर्ष स्थानमा रहेको बार्सिलोना भन्दा दुई अंकले माथि उक्लिएको छ ।

ला लिगामा रियाल म्याड्रिडको ५३ अंक छ भने वार्सिलोनाको ५१ अंक छ । समान ५१ अंकका साठ एथलेटिको मेड्रिड लिगको तेस्रो स्थानमा छ । वार्सिलोना र एथलेटिको म्याड्रिडले रियाल म्याड्रिड भन्दा एक खेल कम खेलेका छन् ।

शनिबार रातिको खेलमा रियाललाई जिताउने क्रममा रियलका स्टार क्रिस्चियानो रोनाल्डोले एक गोल गरे भने अर्को गोलमा पनि सहयोगी भुमिका निभाए । भर्खरै अन्तर्राष्ट्रिय वर्ष फुटबल खेलाडी बनेर बालोन डि ओर अवार्ड जितेपछि पहिलो खेलमा मैदानमा उत्रिएका पोर्चुगालको राष्ट्रिय टोलीका कप्तान रोनाल्डोले खेलको ५६ औं मिनेटमा रियालका लागि पहिलो गोल गरे भने दोस्रो गोलका लागि फ्रान्सका राष्ट्रिय खेलाडी कारिम बेन्जामालाई सहयोग गरे ।

ला लिगको शनिबार राति खेलिएका अन्य खेलमा रियल भालाडोलिड र लेभान्ते विजयी भए । भालाडोलिडले भिया रियाललाई एक–शुन्यले पराजित गर्यो भने लाभान्तेले सेभिल्लालाई २ का विरुद्ध ३ गोलले पराजित गर्यो । भ्यालेन्सिया र ईस्पानियोलबीचको खेल भने २–२ को बराबरीमा टुङ्गियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us