
काठमाण्डु, ११ माघ- सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत शनिबारको खेलमा मनाङ मर्स्याङ्दी क्लबले संकटा क्लबलाई पराजित गरेको छ ।
मनाङले २–० गोल अन्तरले संकटालाई हराएको छ । मनाङका लागि योना इलियास र अनिल गुरुङले गोल गरे ।
यो जितसँगै मनाङले ८ खेलबाट मनाङ १९ अंक सहित शीर्ष स्थानमा कायमै रहेको छ ।
संकटाको भने ८ खेल खेलेको संकटा भने १० अंक मात्र छ ।
शनिबार भएको दोस्रो खेलमा जाउलाखेल युथ क्लवले रेलिगेसन जोनमा रहेको व्वाइज युनियन क्लवलाई १-० ले हराएको छ । यो जितसँगै जाउलाखेल रेलिगेसनबाट बच्ने संभावना बढेर गएको छ ।