
काठमाण्डु, ९ माघ–यस सिजनमा लगातार खराब प्रदर्शन गरिरहेको म्यान्चेस्टर युनाईटेडको लिग फर्कने चाहना फेरि पूरा हुन सकेन । बुधबार राति लिग वन कपको फाईनमा पुग्नका लागि सन्डरल्याण्डसँग भिडेको म्यानयू दुर्भाग्यपूर्ण रुपमा सेमिफाईनलबाट बाहिरिएको छ ।
पेनाल्टी सुटआउटमा म्यानयुलाई पछार्दै सन्डरल्याण्ड १९८५ पछि पहिलोपटक लिग कपको फाईनलमा पुगेको छ । फाईनलमा सन्डरल्याण्ड उत्कृष्ट लयमा रहेको म्यानचेस्टर सिटीसित भिड्ने छ । सन्डरल्याण्डका लागि कपको फाईनल खेल १९९२ पछि विम्लेमा पहिलो खेल हुने छ । विम्लेको पुननिर्माण पछि सन्डल्याण्डले त्यहाँ कुनै पनि खेल खेल्न पाएको थिएन ।
सेमिफाईनलको पहिलो लेगमा सन्डरल्याण्डसँग एक गोलको अन्तरले पछि परेको म्यानयूले बुधबारको खेलमा पहिलो गोल गरेर १–० को अग्रता हासिल गरेको थियो । तर निर्धारित ९० मिनेटमा म्यानयुले थप अर्को गोल गर्न सकेन भने सन्डल्याण्डले पनि कुनै गोल फर्काउन सकेन । पहिलो लेगमा २–१ ले पछि परेको म्यानयुका लागि आईरिस खेलाडी जोनी ईभान्सले गरेको गोलले खेल २–२ को बराबरीमा पुगेपछि थपिएको समयमा दुवै टोलीले थप एक–एक गोल गरि खेल ३–३ मा पुर्याए । थप समयमा पनि खेल बराबरी भए पछि विजेता निर्धारणको लागि पेनाल्टी सुटआउटमा जानु परेको थियो ।
आफ्नै घरेलु मैदानमा जीतसँग खेलको लयमा फर्कने प्रयासमा रहेको म्यानयुु पेनाल्टी सुटआउटमा २–१ ले पछि पर्यो । प्रतिस्पर्धात्मक खेलमा हानिएका कुल १० पेनाल्टी मध्ये ३ वटाले मात्र जाली चुम्न सके । म्यान्चेस्टर युनाईटेडले एक मात्र पेनाल्टी पोष्टमा छिराउन सक्यो । पछिल्ला तीन पेनाल्टी सुट आउटमा म्यानयुले जम्मा ४ गोल मात्र गर्न सकेको छ ।