आर्मी आरसीटीसँग २–१ ले पराजित

काठमाण्डु टुडे २०७० माघ १३ गते ९:४५ मा प्रकाशित

A-Division-Leagueकाठमाण्डु, १३ माघ – सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा खराव प्रदर्शन जारी राखेको त्रिभुवन आर्मी क्लव लिगको पुछारमा रहेको रानी पोखरी कर्नर टिम आरसीटीसँग पराजित भएको छ ।

दशरथ रंगशालामा सोमबार भएको पहिलो खेलमा आर्मी आरसीटीसँग २–१ गोलले पराजित भयो । आरसीटीको जितमा शेखर लिम्बु र सुबिन श्रेष्ठले एक–एक गोल गरे ।

जितेन्द्र कार्कीले सान्त्वना गोल फर्काएपनि आर्मीलाई जिताउन सकेनन् । हारसँगै १० खेलबाट ११ अंक जोडेको आर्मी आठौं स्थानमा कायम छ भने, रेलिगेशन जोनमा रहेको आरसीटीको ४ अंक छ ।

प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा सरस्वतिलाई २-० गोल अन्तरले पराजित गर्दै मनाङले दोस्रो स्थानमा रहेको थ्रीस्टारसँगको अंक दुरी ५ मा पुर्याएको छ । जितपछि मनाङको ९ खेलबाट २२ अंक भएको छ भने समान खेलबाट १७ अंक जोडेको थ्रीस्टार दोस्रो स्थानमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङलाई जिताउन शिव श्रेष्ठ र योना इलियासले गोल गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us