आरसीटी विरुद्ध मनाङको ४ गोल

काठमाण्डु टुडे २०७० पुष २५ गते ११:२३ मा प्रकाशित

A-Division-Leagueकाठमाण्डु, २५ पुस – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विहीबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबले रानीपोखरी कर्नर टिम आरसीटीलाई हराएको छ ।

मनाङले आरसीटीलाई ४ –० ले पराजित गरेको हो ।

मनाङका लागि खेलको नवौं मिनेटमा दिपक राईले पहिलो गोल गरे । यस्तै सुलभ मास्केले ५१ औं मिनेटमा दोस्रो गोल गरे । बाँकी दुई गोल भने ८३ औं र ८७ औं मिनेटमा सुजल श्रेष्ठले गरे ।

विहीबारै भएको पहिलो खेलमा बाँसबारी क्लबले ब्वाइज युनियन क्लबलाई १ – ० ले पराजित गर्‍यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us