
काठमाण्डु, २५ पुस–अल्बारो नेग्रेदोले ह्याट्रिक गरेपछि म्यानचेष्टर सिटीले लीग कप फुटबल अन्तरगत सेमिफाइनलको पहिलो लेगमा वेष्टहामलाई ६–० को फराकिलो अन्तरले हराएको छ ।
बुधबार राति भएको खेलमा नेग्रेदोले १२, २६ र ४९ औं मिनेटमा गोल गरेका थिए । सिटीका लागि एरेन्जेकोले २ तथा यायाटोरेले एक गोल थपे ।
लीग कपको अर्को सेमिफाइनलको पहिलो लेगमा भने सन्डर ल्याण्डले म्यानचेष्टर युनाइटेडलाई दुई–एकले पराजित गरेको छ ।