सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाण्डु टुडे २०७० पुष २९ गते १:४६ मा प्रकाशित

काठमाण्डु, २९ पुस – न्युकासल युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी प्रिमियर लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ ।

सिटीले खेलको आठौं मिनेटमा इडन जेको गोलमार्फत लिएको अग्रता ९० औं मिनेटमा स्पेनिस खेलाडी अल्भारो नेग्रदोले दोब्बर पारे ।

अर्काेतर्फबाट कुनै गोल नभएपछि सिटीले सहज जित दर्ता गरेको हो । यो नतिजासँगै एक दिन अघि शीर्ष स्थानमा पुगेको चेल्सी दोस्रो स्थानमा धकेलिएको छ ।
यस्तै गएराति नै भएको अर्काे खेलमा स्टोक सिटीलाई ५–३ ले हराउँदै लिभरपुल अंक तालिकाको चौंथो स्थानमा उक्लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us