
पोखरा, २६ पुस – ‘पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित गरौँ’ भन्ने मूल उद्देश्यका साथ सहारा क्लब पोखराले आगामी फागुन २० देखि चैत १ गतेसम्म पोखरा रङ्गशालामा बाह्रौँ ‘आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता’ गर्ने भएको छ ।
रारा तैयारी चाउचाउको मुख्य प्रायोजनमा हुने उक्त प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त टोलीको सहभागिता रहनेछ ।
प्रतियोगिताबाट बचत भएको रकम क्लबले पोखरा–१७ दोबिल्लामा रहेका कठिन परिस्थिति र विपन्न वर्गका बालबालिकाको आवासीय शिक्षामा खर्च गरिने अध्यक्ष वीरभद्र अचार्यले जानकारी दिए ।