रोनाल्डो वर्षका उत्कृष्ट फुटबल खेलाडी

काठमाण्डु टुडे २०७० पुष ३० गते २:२६ मा प्रकाशित

Ronaldo-with-golden-Ballकाठमाण्डु, ३० पुस–चर्चित अर्जेन्टिनाका स्ट्राईकर लियोनेल मेसीलाई पछि पार्दै पोर्चुगलका क्रिस्टियानो रोनाल्डो वर्षका उत्कृष्ट फुटबल खेलाडी घोषित भएका छन् । रियल म्याड्रिड क्लबका अग्रपङ्तिका खेलाडी रोनाल्डोलाई मंगलबार एक समारोहबीच ‘बालन डी ओर’ पुरस्कार प्रदान गरियो ।

‘गोल्डेन बल’समेत भनिने यो पुरस्कार रोनाल्डोले वार्सिलोनाका मेसी र बायर्न म्युनिख तथा जर्मन राष्ट्रिय टोलीका अग्रपङ्तिका खेलाडी फ्रैन्क रिबेरीलाई पछि पार्दै जीतेका हुन् ।

२८ वर्षिय रोनाल्डो २००८ पछि पहिलोपटक यस वर्ष पुरस्कारकोलागि नामांकित भएका थिए । विश्वका विभिन्न राष्ट्रिय टोलीका कोच र पत्रकारहरुले छनौट गरेका यस वर्षका वर्ष खेलाडी रोनाल्डोले कुल १ हजार ३ सय ६५ अंक प्राप्त गरे । उनका प्रतिद्वन्द्वी लियोनल मेसीले १ हजार २ सय ५ र फ्रैन्क रिबेरीले १ हजार १ सय २७ अंक पाएका थिए । यसमा विश्वभरिका १ सय ८४ जना अन्तर्राष्ट्रिय कोच, १ सय ८४ देशका राष्ट्रिय टोलीका कप्तान र १ सय ७२ जना विश्वभरिबाट छानिएका पत्रकारले आ–आफ्नो मत जाहेर गरेका थिए ।

यसअघि लगातार ४ पटक मेसीले यो पुरस्कार जितिसकेका थिए ।

गत वर्ष रोनाल्डोकोलागि निकै उत्कृष्ट रहेको थियो । उनले आफूले खेलेका कुल ५६ खेलमा ६६ गोल गरेका थिए ।
पुरस्कारको घोषणा पछि मञ्चमा आफ्नो मन्तब्य राख्ने क्रममा रोनाल्डो निकै भावुक भएका थिए ।

यसैगरी जर्मनीकी महिला फुटबल टोलीकी गोलकिपर नदीन अंगररले यस वर्षको उत्कृष्ट महिला फुटबल खेलाडीको अवार्ड जितिन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका पूर्व अध्यक्ष ज्याक रोगले फिफा प्रेसिडेन्सियल अवार्ड प्राप्त गरे ।

युद्धले जर्जर भएको मुलुकमा खेलकुदको विकास गरेकोमा अफगानिस्तानले फेयर प्ले पुरस्कार प्राप्त गर्यो । अफगानिस्तान काठमाण्डुमा भएको साफ च्याम्पियनशिपमा विजयी भएको थियो ।

http://www.youtube.com/watch?v=1r0YfOkNhJ8

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us