फ्रेन्डसमाथि एपिएफको जित

काठमाण्डु टुडे २०७० पुष १६ गते १०:०१ मा प्रकाशित

APFकाठमाण्डु, १६ पुस – सहिद स्मारक ए डिभिजन लिगमा फुटबलमा सशस्त्र प्रहरीको एपिएफ क्लवले फ्रेण्डस् क्लबलाई हराएको छ ।

एपिएफले फ्रेन्डसलाई १–० ले हराएको हो । खेलको ६६ औ मिनेटमा नविन लामाले गरेको गोल नै एपिएफलाई जिताउन पर्याप्त रह्यो ।

अघिल्लो वर्षको लिगमा फ्रेण्डस् क्लब चौथो स्थानमा थियो भने एपिएफ १२ औं स्थानमा थियो ।

पछिल्लो समयमा खराब फर्ममा रहेको एपिएफले ए डिभिजन लिगमा भने सुखद सुरुवात गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us