कराँतेको पूर्वाञ्चल छनौट प्रतियोगिता सुरु हुँदै

काठमाण्डु टुडे २०७० पुष २० गते २:५६ मा प्रकाशित

सोलुखुम्बु, २० पुस – नेपाल फुल कन्ट्रयाक क्युकोसिन काई कराँते खेलको पूर्वाञ्चल छनौट प्रतियोगिता शनिबारदेखि सल्लेरीमा सञ्चालन हुँदैछ ।

प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसीपका लागि खेलाडी छनौट गर्न प्रतियोगिता सञ्चालन हुन लागेको आयोजक फ्रेण्डसीप युथ क्लवका अध्यक्ष महेश किरातीले जानकारी दिए । प्रतियोगितामा भाग लिन सोलुुखुम्बुसहित भोजपुर, ओखलढुङ्गा, खोटाङ र सिराहका खेलाडी सल्लेरी पुगेका छन् ।

यस्तै खेलको निर्णायकका रुपमा फुल कन्ट्रयाक क्युकोसिन काई कराते सङ्घका अध्यक्ष प्रेम लामा पनि सल्लेरी पुगिसकेका छन् ।

आयोजकका अनुसार प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसीपमा पूर्वाञ्चलबाट पाँचदेखि आठजनासम्म खेलाडी छनौट गरिनेछ ।

हालसम्म ६० केजी तौल समूहका ६० जनाले नाम दर्ता गराएका छन् । प्रतियोगितामा ४५ केजीदेखि ७० केजी तौलसम्मको प्रतिस्पर्धा गराइनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us