ए डिभिजन लिगमा आर्मीको दोस्रो जित

काठमाण्डु टुडे २०७० पुष १९ गते १२:४३ मा प्रकाशित

A-Division-Leagueकाठमाण्डु, १९ पुस – राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा विभागीय टिम नेपाल आर्मीले लगातार दोस्रो जित दर्ता गरेको छ ।

पहिलो खेलमा जावलाखेल युथ क्लवलाई पराजित गरेको आर्मीले शुक्रबार संकटा क्लवको चुनौति १–० ले पन्छायो । आर्मीको जितमा जितेन्द्र कार्कीले ४३औं मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो ।

लिगमा शतप्रतिशत नतिजा निकालेको आमी ६ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । मनाङको पनि समान ६ अंक छ ।

यसैबीच, शुक्रबार भएको दोस्रो खेलमा फ्रेण्ड्स क्लव र हिमालयन शेर्पाले अंक बाँढेका छन् । दशरथ रंगशालामा भएको शुक्रबारको दोस्रो खेलमा खेलमा दुबै टोलीले गोल नभएपछि खेल बराबरीमा सकिएको हो ।

पहिलो खेलमा पराजित दुबै टिमले बराबरी पछि १–१ अंक जोडेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us