
काठमाण्डु, १६ पुस- नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
दशरथ रंगशालामा बुधबार भएको खेलमा पुलिसले हिमालयन शेर्पालाई १–० ले हरायो । जितसँगै पुलिसले महत्वपूर्ण ३ अंक हात पारेको छ । पुलिसका लागि खेलको ५९ औं मिनेटमा भोला सिलवालले निर्णायक गोल गरे ।
बुधबारै भएको अर्को खेलमा रानीपोखरी कर्नर टिम आरसिटी र सरस्वती युथ क्लबबीचको खेल बराबरीमा सकिएको छ । दुवै टोलीले १–१ गोल गरे । आरसिटिका लागि भीम दर्लामी र सरस्वतीका लागि रिउस हेनरीले गोल गरेका थिए ।
प्रतियोगितामा बिहीबार थ्री स्टार क्लव र ब्वाइज युनियन तथा मनाङ मर्स्याङ्दी क्लव र सशस्त्र प्रहरीको एपिएफबीच खेल हुनेछ ।