भारतसँग नेपाल ९ विकेटले पराजित

काठमाण्डु टुडे २०७० पुष १४ गते ११:११ मा प्रकाशित

cricketकाठमाण्डु, १४ पुस – अण्डर नाइन्टिन एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत समूहको दोस्रो खेलमा पनि पराजित भएपछि नेपालको सेमीफाइनल प्रवेशको सम्भावना लगभग सकिएको छ ।

दुबइमा आइतबार भएको खेलमा टेष्ट मान्यता प्राप्त राष्ट्र भारतसँग ९ विकेटले पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिने लगभग पक्का भएको हो । यसअघि पहिलो खेलमा पाकिस्तानसँग १ सय ३२ रनले पराजित भएको थियो ।

नेपालले दिएको १ सय ३७ रनको झिनो लक्ष्य भारतले २५ ओभर १ बलमा मात्र १ विकेटको क्षतिमा पुरा ग¥यो । भारतलाई सहज जित दिलाउने क्रममा अखिल हेरवाडकरले ७१ र कप्तान विजय जोलले अविजि ६१ रनको योगदान गरे । नेपालका लागि एक मात्र विकेट कप्तान भुवन कार्कीले लिएका थिए ।

यसअघि विभत्सु थापाको ४७ र आरिफ शेखको ४० रनको मद्धतमा नेपालले सबै विकेट गुमाएर मात्र १ सय ३६ रन जोडेको थियो ।

समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार घरेलु टोली युएइको सामना गर्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us