विश्व चर्चित खेलाडी सुमाकार कोमामा

काठमाण्डु टुडे २०७० पुष १५ गते १:३७ मा प्रकाशित

Schumacherकाठमाण्डु, १५ पुस– विश्व चर्चित खेलाडी माईकल सुमाकर स्कीईङ गर्ने क्रममा दुर्घटनामा परि गम्भिर घाइते भएका छन् । उनको अवस्था चिन्ताजनक छ ।

आफ्नो छोरासँग फ्रान्सको एल्प्स पहाडमा स्कीईङ गर्ने क्रममा दुर्घटनामा परेका सुमाकरको दिमागमा गभ्भीर चोट लागेको जनाईएको छ । चोट पश्चात सुमाकरको दिमागको अपरेशन सम्पन्न भईसकेको छ । उनी कोमामा रहेको अस्पताल श्रोतले जनाएको छ ।

स्कीईङका क्रममा सुमाकार लडेपछि उनको टाउको एउटा ढुंगामा ठोकिएको थियो । स्कीईङका क्रममा उनले हेलमेट लगाएका भए पनि उनको टाउकोमा गम्भीर चोट लागेको छ । शुरुका रिपोर्टहरुमा उनी दुर्घटनामा परे पनि उनको अवस्था गम्भीर नरहेको जनाईएको थियो । उनी दुर्घटना स्थलबाट आफै उठेर हिँडेका समेत बताईएको थियो । तर अस्पताल पुगेपछि उनको अवस्था चिन्ताजनक भएको पाईयो । सुमाकरको तत्काल टाउकोको शल्यक्रिया गरिए पनि उनको अवस्थामा उल्लेख्य सुधार आउन नसकेको बताईएको छ ।

सुमाकर फर्मुला वान कार रेसिङका सर्वाधिक सफल खेलाडी हुन् । उनले सात पटक फर्मुला वान जितेर किर्तिमान कायम गरेका छन् । जमर्नीका प्रशिद्ध खेलाडी सुमाकर अगामी जनवरी ३ मा ४५ वर्ष पुग्दै छन् ।

फर्मुला वान प्रतियोगिताबाट उनले सन् २००६ मा अवकास लिएका थिए । अवकास लिएको तेस्रो वर्ष उनी स्पेनमा मोटरसाईकल दुर्घटनामा परेका थिए । त्यसबेला उनको घाँटी र मेरुडण्डमा गम्भीर चोट लागेको थियो ।

फर्मुला वान कार रेसिङ आफैमा निकै खतरनाक खेल मानिन्छ । विश्व प्रशिद्ध ब्राजिलका खेलाडी आर्टन सिम्याको फर्मुला वान कार रेसिङका क्रममा दुर्घटनामा परि मृत्यु भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us