प्रवास

दुबईमा गाडीको ठक्करबाट एक नेपालीको मृत्यु

२०७१ असोज ३० गते ६:०९

दुबई, ३० असोज – कतारमा एक नेपालीको गाडीको ठक्करबाट मृत्यु भएको छ । बुधबार काममा जाने क्रममा सवारी दुर्घटनामा नुवाकोटका मुरली खड्काको मृत्यु भएको हो । ४२ बर्षीय मृतक खड्का बिगत ६ बर्ष देखी अबुधाबी स्थित सीएनआईए कम्पनीमा कार्यरत रहदै आएका थिए । मृतकका...

बेलायतबासी नेपाली चिकित्सकद्वारा बाढीपीडितलाई सहयोग

२०७१ असोज २३ गते ६:५८

काठमाण्डु, २३ असोज-बेलायतमा कार्यरत नेपाली चिकित्सकहरुको संस्था नेप्लिज डाक्टर्स एसोसिएसन युकेले प्रधानमन्त्री राहत कोषमार्फत बाढी पीडितलाई आर्थिक सहयोग गरेको छ । एसोसिएसनका पूर्वअध्यक्ष डा. अच्युतप्रसाद धितालले ६ लाख ४० हजार रुपैयाँको चेक प्रधानमन्त्री सुशील कोइरालालाई बिहीबार हस्तान्तरण गरे । रकम हस्तान्तरण गर्न प्रधानमन्त्रीको सरकारी...

मलेसियामा तीन सय नेपाली अलपत्र

२०७१ असोज २३ गते २:१६

काठमाण्डु, २३ असोज- मलेसियामा दुई कम्पनी बन्द हुँदा करिब तीन सय नेपाली कामदार कामविहीन भएका छन् । मलेसियाको मुहारस्थित इन्स्टाइल फर्निचर र लिताको इन्टरप्राइजेज कम्पनी बन्द भएका हुन् । एउटै मालिक रहेको दुवै कम्पनीले फर्निचर निर्माणको काम गर्ने गरेका थिए । ऋणमा चलिरहेका कम्पनी...

साउदीमा सुतेकै अवस्थामा मृत फेला

२०७१ असोज २२ गते ३:४४

पाँचथर २२, असोज – पाँचथरका एक युवा साउदीमा सुतेकै अवस्थामा मृत फेला परेका छन् । साउदीको सहुद अल अब्बाद कन्ट्र्याक्टरिङ कम्पनीमा कार्यरत पाँचथर पञ्चमी–९ का २९ वर्षीय टीका रसाइली सोमबार बेलुका सुतेकै अवस्थामा मृत फेला परेका हुन् । शव परीक्षणका गरी नेपाल ल्याएको साउदीमै...

पोर्चुगलका नेपालीले सम्झिए पोष्टबहादुरलाई

२०७१ असोज २० गते ८:०२

पोर्चुगल- एमाओवादीका दिवंगत नेता स्वर्गीय पोष्टबहादुर बोगटीको निधनको शोकमा पोर्चुगलमा रहेका नेपालीले कार्यक्रम गरेका छन् । नेपाली जनप्रगतिशील मञ्च र्पोर्चुगले लिस्बोनको रोसियोस्थित शेर्पा किदुकको हलमा आयोजना गरेको कार्यक्रममा पोर्चुगलमा रहेका राजनीतिक र सामाजिक संगठनहरुका प्रतिनिधि र मञ्चमा आवद्ध व्यक्तिहरुको उल्लेख्य उपस्थिति थियो । कार्यक्रममा...

पाँच नेपाली महिला कतारमा अलपत्र

२०७१ असोज ११ गते २:३७

कतार– बायो सर्भिस क्लिनर कम्पनीमा क्लिनरको काम गर्दै आएका ५ नेपाली महिला ६ महिनादेखि तलब नपाएपछि घर फिर्न नपाएको भन्दै नेपाली दूतावास पुगेका छन् । उनीहरुले तलबका लागि श्रम विभागमा समेत उजुरी हालेका छन् । कमला राई, कमला डंगोल, निमाकुमारी पन्थी, सलिन मगर र...

जर्मनबासी नेपालीद्धारा बाढी पीडितलाई सहयोग

२०७१ असोज १० गते १३:०६

सिन्धुपाल्चोक – गत महिना सिन्धुपाल्चोक जुरेमा गएको बाढीपहिरोमा परेका पीडितलाई सहयोग रकम प्राप्त भएको छ । नेपाली जनप्रगतिशील मंच जर्मनीले जिल्लाका सभासद अग्नी सापकोटामार्फत दुई लाख २५ हजार सहयोग गरेको हो । बाढीपहिरोमा परेका पिडितहरुलाई थोरै भएपनि राहत दिने उद्देश्यले गरेको मंचका केन्द्रीय सदस्य...

मलेसियाबाट फर्काइए थप ३ सय ७७ नेपाली

२०७१ असोज १० गते १:५९

काठमाण्डु, १० असोज– अवैध रुपमा मलेसियामा रहेका तीन सय ७७ जना नेपाली कामदार बिहीबार एअरएसियाको विशेष विमानबाट स्वदेश फर्किएका छन् । मलेसियाका लागि नेपालीराजदूत निरञ्जनमानसिंह बस्न्यातका अनुसार क्वालालम्पुरमा थुनामा रहेका ६०जनासहित तीन सय ७७ जना अवैध नेपाली कामदारलाई स्वदेश फर्काइएको हो । बस्न्यातले जेलमा...

मलेसिया एयरपोर्टमा १६० नेपाली अलपत्र

२०७१ असोज ८ गते ३:०६

काठमाण्डु, ८ असोज–रोजगारदाता लिन नआएपछि मलेसियास्थित क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा १ सय १६० जना नेपाली कामदार महिनौंदेखि अलपत्र परेका छन् । अलपत्रमध्ये कतिपय कामदारको स्वास्थ स्थिति नाजुक रहेको छ । मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातले अलपत्र परेका नेपाली कामदार क्वालालम्पुर विमानस्थलस्थित डिटेन्सन क्याम्पमा बसिरहेको...

विदेश गएको एक सातामा शव नेपाल आयो

२०७१ असोज ४ गते १४:४८

कुवेत–वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेका लम्जुङका एक युवकको कार  दुर्घटनामा ज्यान गएको छ । भारते गाउँ विकास समिति– ८, बेसीगाउँका २८ वर्षीय विकास भुजेलको सडक दुर्घटनामा ज्यान गएको हो ।  रोजगारीका लागि गएको एक सातामै भुजेलको कार दुर्घटनामा परेर मृत्यु भएको उनको परिवारले जनाएको...

कतारमा दुई नेपालीको जलेर मृत्यु

२०७१ भदौ २९ गते २:२०

काठमाण्डु– कतारमा घर फिर्ती केन्द्र ‘डिपोर्टेसन सेन्टर’ को एउटा भवनमा आगलागी हुँदा मृत्यु भएका पाँचमध्ये दुई नेपाली रहेको तथ्य खुलेको छ । त्यस केन्द्रमा गैरकानुनी हैसियत भएका विदेशी कामदारलाई पक्राउ गरी स्वदेश पठाउनुअघि राखिन्छ । नेपाली दूतावासका अनुसार जलेर ज्यान जानेमा सिन्गाढा–७, म्याग्दीका ३२...

उत्तरप्रदेशमा नेपाली विद्यार्थीको हत्या

२०७१ भदौ २८ गते ३:०८

काठमाण्डु– भारतको उत्तरप्रदेश राज्यमा एक नेपाली विद्यार्थीको हत्या भएको छ । हापुर जिल्लामा नेपाली विद्यार्थी विशाल शुक्लाको साथीहरुको पिटाइबाट ज्यान गएको हो । शुक्ला सर्लाही सिरौत गाविसका बासिन्दा थिए । दुई दिनअघि भएको यो घटनाले विदेशी विद्यार्थी भारतमा कति असुरक्षित छन् भन्ने कुरा देखाएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us