प्रवास

साउदीमा मृत्युदण्ड पाएकी शोभाको परिवारलाई आर्थिक सहयोग

२०७१ कार्तिक २२ गते ११:४३

तनहुँ – साउदी अरबमा मृत्युदण्ड पाएकी तनहुँको शोभा परियारको परिवारलाई दलित एकता सञ्जाल नेपाल अन्तर्राष्ट्रिय समन्वय समितिले आर्थिक सहयोग गर्ने भएको छ । गत साउन १९ गते मृत्युदण्ड पाएकी भिमाद – ३ की ३१ वर्षीया शोभा परियारलाई ८ लाख ८ हजार ८८८ सहयोग गर्न...

अरिङ्गालको टोकाइबाट मृत्यु भएका परिवारलाई अमेरिकाबाट दुई लाख

२०७१ कार्तिक २० गते ३:३२

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ काउलेगौडा घतानमा दाउरा काट्न जाने क्रममा अरिङ्गालले चिलेर मृत्यु भएका दल पुरीका चारवटा छोरीलाई एक व्यक्तिले दुई लाख पाँच हजार सहयोग गरेको छ । हाल अमेरिकामा रहेका सोलुखुम्बुका फुर्वा शेर्पाले आफ्ना साथी आचार्य सार्की शेर्पामार्फत उक्त रकम सहयोग गरेका हुन्...

उद्धार कोषमा मकाउमा कार्यरत नेपालीको सहयोग

२०७१ कार्तिक १८ गते ६:०८

काठमाण्डु, १८ कात्तिक – प्राकृतिक प्रकोपबाट प्रभावित नेपालीलाई सहयोग गर्न गैरआवासीय नेपाली सङ्घ मकाउले प्रधानमन्त्री राहत कोषमा दुई लाख २० हजार २०० सहयोग गरेको छ । मङगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ मकाउका अध्यक्ष सुदर्शन थापा मगरले सो रकम...

प्रवासीद्वारा गाउँलेलाई एम्बुलेन्स

२०७१ कार्तिक १७ गते ३:५६

बागलुङ, १७ कात्तिक- बिरामीलाई समयमा उपचार सेवा दिने उद्देश्यले गैरआवासीय नेपालीले गाउँमा एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गरेका छन् । रोजगारी र अध्ययनको सिलसिलामा बिहुँ गाविसबाट अस्ट्रेलिया गएकाले नेपाल रेडक्रस सोसाइटी बिहुँकोट उपशाखालाई एम्बुलेन्स खरिदका लागि रु १२ लाख सहयोग गरेका हुन् । उक्त...

नेपालीको सहयोगमा मन्त्रालयको विवरण कम्प्युटरमा राख्दै अफगानिस्तान

२०७१ कार्तिक १६ गते २:४८

काठमाण्डु– अहिलेसम्म कागजी ढड्डा पल्टाएर राज्यको आर्थिक हिसाबकिताब र खर्च विवरण राख्दै आएको अफगान सरकारको अर्थ मन्त्रालयले नेपाली कम्प्युटर प्राविधिकको सहयोगमा अर्थ अभिलेख राख्ने भएको छ । अफगानिस्तानका विभिन्न सरकारी एवम् निजी संस्थाहरुमा कम्प्युटर प्रविधि अभिलेखिकरणको काममा ७ वर्षयता समन्वय गर्दै आएका सुजित पौडेल...

साउदीमा ५९ नेपाली बन्धक, दूतावासलाई मतलबै छैन

२०७१ कार्तिक १२ गते २:०५

काठमाण्डु, १२ कात्तिक– वैदेशिक रोजगारका लागि साउदी अरब पुगेका ५९ नेपाली युवा साउदीको दोस्सारमा अलपत्र परेका छन् । उनीहरुलाई स्थानीय कम्पनीले तलब भत्ता र फर्कने कागजात समेत नदिई बिचल्लीमा पारेको हो । ‘साइद हादी अल दोस्सरी कन्ट्राक्टिङ इष्ट’ कम्पनीमा कार्यरत उनीहरुलाई सम्झौता अवधि समाप्त...

बौद्धिक अपाङ्गता स्रोत कक्षालाई अस्ट्रेलियाबाट सहयोग

२०७१ कार्तिक ११ गते २:३४

म्याग्दी, ११ कात्तिक– म्याग्दीको बेनी नगरपालिका– ११ बगुवाखोलामा सञ्चालित बौद्धिक अपाङ्गता स्रोत कक्षालाई अस्ट्रेलियाबाट १ लाख ५० हजार सहयोग प्राप्त भएको छ । बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शिक्षाको पहुाचमा ल्याउने र सामाजिकीकरण गराउने उद्देश्यले बालजागृति प्राविले सञ्चालन गरेको स्रोत कक्षालाई अस्ट्रेलियामा रहेका नेपालीले आर्थिक...

बिरामी भएपछि कामबाट निकालिन्छन् नेपाली कामदार

२०७१ कार्तिक ९ गते १०:५८

मलेसिया-मलेसियाको नेम नामक सुरक्षा कम्पनीमा कामदार रहेका कास्कीका कृष्णप्रसाद ढकाललाई गर्धनमा पिलो आयो । उनलाई शल्यचिकित्सा गर्नुपर्ने भयो । साहुले उपचार खर्च दिएर आराम गराउने त कहाँ कहाँ उनलाई जागिरबाट हटाइयो । अन्ततः कामदार प्रवेशाज्ञाको अवधि बाँकी रहँदै ढकाल घर फर्कन बाध्य भए ।...

विदेश गएका ४४ नेपालीको शव अलपत्र

२०७१ कार्तिक ५ गते १२:२४

काठमाण्डु –  वैदेशिक रोजगारीमा गएका ४४ जना नेपालीको शव विभिन्न मुलुकमा अलपत्र अवस्थामा रहेका छन् । साउदी अरबमा २१, कतारमा १२, मलेसियामा ६, कुवेतमा चार र दुवईमा एक गरी ४४ शव अलपत्र अवस्थामा रहेका हुन् । ४४ शवमध्ये ६ शव नेपाल ल्याउने प्रक्रिया सुरु...

अमेरिकामा ४४८ नेपाली पक्राउ

२०७१ कार्तिक ३ गते ४:४२

काठमाण्डु–गैरकानुनी तरवरले अमेरिका प्रवेश गरेको अभियोगमा पक्राउ पर्ने नेपालीको संख्या पछिल्लो समय ह्वात्तै बढेको छ । यूएस डिपार्टमेन्ट फर होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको अमेरिकी आर्थिक वर्ष (सन् २०१३ अक्टोवर १ देखि २०१४ अक्टोबर ३० सम्म) को प्रतिवेदनअनुसार गैरकानुनी प्रवेश गर्दा पक्राउ पर्ने नेपालीको संख्या...

दुबईमा सवारी दुर्घटनामा नेपालीको मृत्यु

२०७१ कार्तिक १ गते ४:४४

दुबई– वैदेशिक रोजगारीका लागि दुबई पुगेका एक नेपालीको सवारी दुर्घटनामा मृत्यु भएको छ । जिल्लाको सुनखानी– ७ गुरुङ गाउँका ४२ वर्षीय मुरली खड्काको अबुधावीमा बुधबार भएको दुर्घटनामा मृत्यु भएको हो । खड्का ६ वर्षदेखि त्यहाँ कार्यरत थिए । तीव्र गतिमा रहेको खड्का सवार गाडीले...

मलेसियामा गर्भपतन गराउँदा नेपाली चेलीले पाइन् १० वर्ष कैद सजायँ

२०७१ असोज ३१ गते ६:०५

काठमाण्डु, ३१ असोज – मलेसियाको अदालतले एक नेपाली महिलालाई गर्भपतन गराएको अभियोगमा कैद सजायँ सुनाएको छ । रोजगारीको सिलसिलामा मलेसिया पुगेकी नेपाली चेलीले असावधानीवस रहन गएको गर्भपतन गराउँदा अदालतले १० बर्ष कैदको सजायँ सुनाएकोहो । तामान सिकुस्थित एक पोलक्लिनिकमा गर्भको बच्चा मारेको अभियोगमा २४...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us