प्रवासीद्वारा गाउँलेलाई एम्बुलेन्स

काठमाण्डु टुडे २०७१ कार्तिक १७ गते ३:५६ मा प्रकाशित

बागलुङ, १७ कात्तिक- बिरामीलाई समयमा उपचार सेवा दिने उद्देश्यले गैरआवासीय नेपालीले गाउँमा एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गरेका छन् ।

रोजगारी र अध्ययनको सिलसिलामा बिहुँ गाविसबाट अस्ट्रेलिया गएकाले नेपाल रेडक्रस सोसाइटी बिहुँकोट उपशाखालाई एम्बुलेन्स खरिदका लागि रु १२ लाख सहयोग गरेका हुन् ।

उक्त गाविसबाट अस्ट्रेलिया गएकाले बिहुँ अस्ट्रेलिया समाज गठन गरी एम्बुलेन्स खरिदका लागि सङ्कलन गरेको रकम आइतबार प्रमुख जिल्ला अधिकारीको रोहवरमा उपशाखालाई हस्तान्तरण गरिएको हो ।

समाजका सदस्य प्रदीप कँडेलले रेडक्रस उपशाखाका आग्रहअनुसार उक्त रकम सङ्कलन गरी सहयोग गरेको जानकारी दिनुभयो ।  बिहुँ उपशाखाले एम्बुलेन्स खरिद गरेपछि छिमेकी एक दर्जन गाविसका बासिन्दाले सुविधा पाउनेछन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us