दुबई– वैदेशिक रोजगारीका लागि दुबई पुगेका एक नेपालीको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
जिल्लाको सुनखानी– ७ गुरुङ गाउँका ४२ वर्षीय मुरली खड्काको अबुधावीमा बुधबार भएको दुर्घटनामा मृत्यु भएको हो । खड्का ६ वर्षदेखि त्यहाँ कार्यरत थिए ।
तीव्र गतिमा रहेको खड्का सवार गाडीले अगाडि गुड्दै गरेको ट्रलीलाई उछिनेर जाने क्रममा अनियन्त्रित भएर विपरीत दिशाबाट आएको लरीमा ठोक्किएर दुर्घटना भएको बताइएको छ ।