अमेरिकामा ४४८ नेपाली पक्राउ

काठमाण्डु टुडे २०७१ कार्तिक ३ गते ४:४२ मा प्रकाशित

काठमाण्डु–गैरकानुनी तरवरले अमेरिका प्रवेश गरेको अभियोगमा पक्राउ पर्ने नेपालीको संख्या पछिल्लो समय ह्वात्तै बढेको छ ।
americaयूएस डिपार्टमेन्ट फर होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको अमेरिकी आर्थिक वर्ष (सन् २०१३ अक्टोवर १ देखि २०१४ अक्टोबर ३० सम्म) को प्रतिवेदनअनुसार गैरकानुनी प्रवेश गर्दा पक्राउ पर्ने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा दोब्बर देखिएको छ ।

‘इमिग्रेसन इन्फोर्समेन्ट एक्सन्स २०१३’ प्रतिवेदनअनुसार गएको एक वर्षमा ४ सय ४८ जना नेपाली पक्राउ परेका छन्, जबकी अघिल्लो वर्षमा यो संख्या मात्रै २ सय ४८ थियो । अमेरिकामा यत ठूलो संख्यामा नेपाली यसअघि पक्राउ परेका थिएनन् ।
मानव तस्करहरुको प्रलोभनमा दक्षिण एसिया, दक्षिणपूर्वी एसिया, मध्यपूर्व, ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका प्रवेश गर्ने क्रममा तथा प्रवेश गरिसकेपछि नेपालीहरु पक्राउ परेका हुन् । यसरी पक्राउ पर्नेमा सानो संख्या छोटो अवधिको भिसा लिई अमेरिकामा ओभर स्टे गर्ने पनि छन् ।
प्रतिवेदनअनुसार सन् २०१३ अक्टोबर १ देखि २०१४ सेप्टेम्बर ३० सम्म अमेरिकामा ६ लाख ६२ हजार ४ सय विदेशी पक्राउ परेका थिए । तीमध्ये सीमा सुरक्षा बलले मात्र ४ लाख २० हजार ७ सय ८९ जनालाई पक्राउ गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us