काठमाण्डु, १८ कात्तिक – प्राकृतिक प्रकोपबाट प्रभावित नेपालीलाई सहयोग गर्न गैरआवासीय नेपाली सङ्घ मकाउले प्रधानमन्त्री राहत कोषमा दुई लाख २० हजार २०० सहयोग गरेको छ ।
मङगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ मकाउका अध्यक्ष सुदर्शन थापा मगरले सो रकम उल्लेखित चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका हुन् ।
सहयोग रकम ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले मुलुकमा विपत्ति आउँदा स्वदेश र विदेशमा रहेका नेपालीले गच्छेअनुसार सहयोग गरेर राम्रो उदाहरण प्रस्तुत गरेको बताए । उनले सहयोग रकम वास्तविक बाढी पहिरो पीडितसमक्ष पु¥याउन सरकार चनाखो रहेको प्रष्ट पारे ।