मलेसिया– अस्वस्थताका कारण काम गर्न नसक्ने भएपछि एक नेपाली कामदारलाई उनी कार्यरत कम्पनीले जबर्जस्ती मानसिक अस्पताल भर्ना गरिदिएको खुलासा भएको छ । मलेसियाको शाहलमस्थित एपेक्स पेकिङ कम्पनीले रुकुम नुवाकोटका नरेश सुनारलाई जबर्जस्ती मानसिक अस्पताल भर्ना गरेको हो । चार महिनासम्म जबर्जस्ती अस्पताल बसेका विक...
डालास एभरेस्ट लायन्स क्लबले यही डिसेम्बर २१ तारिख, २०१३ आइतबारका दिन अर्विनस्थित ल्क्त् को हलमा एक कवि गोष्ठि कार्यक्रम सम्पन्न गरेको छ। प्रतियोगी र अप्रतियोगी गरी करिव २१ जना कवि तथा कवयित्रीहरुले आ(आफ्नो रचना बाचन गरिएको सो कार्यक्रममा बालबालिकाहरुले नेपाली र अंग्रेजी भाषामा रचना...
काठमाण्डु, ११ पुस– नेपाली साहित्यको राष्ट्रिय अन्तर्राष्ट्रिय श्रीवृद्धिका लागि कार्यरत विश्व नेपाली साहित्य महासङ्घको म्यान्मा शाखा गठन भएको छ । राजधानी याङ्ुगनमा भएको साहित्यिक भेलाले समितिका अध्यक्षमा लक्ष्मण नेउपाने, उपाध्यक्षमा कृष्ण ढकाल (टाउजी) र निला सुवेदी (मिचिना), महासचिवमा मोहनराज खनाल (याङ्गुन), सचिवमा सेरु थापा...
कालीकोट, १० पुस–एक वर्षअघि कामका लागि कतार गएका कालीकोटका एक कामदारको मृत्यु भएको छ । काठमाण्डुस्थित ब्लुसियन ओभरसिज कम्पनीबाट कामका लागि कतार गएका बदालकोट गाविस वडा नं ६ सिकु निवासी त्रिमले सार्कीका छोरा अम्बे सार्कीको गाडी दुर्घटनामा कतारमा मृत्यु भएको कम्पनीले जनाएको छ । कम्पनीका...
काठमाण्डु, ९ पुस– बैंककमा अपहरणमा परेका तीन नेपाली विद्यार्थीलाई उद्धार गरी अपहरणमा संलग्न तीन जनालाई केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकक प्रहरीको सहकार्यमा पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाकिस्तानी मुलका बाबु रहेका थाई नागरिक २२ वर्षीय युकास रेहमान, पाकिस्तानी मुलका घटना हुनुभन्दा २० दिन...
इलाम, ९ पुस–वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका इलाम जितपुरका एक युवकको मलेसियामा मृत्यु भएको छ । वैदेशिक रोजगारका लागि मलेसिया गएका राम लिम्बूको ग्याष्टिकका कारण मृत्यु भएको उनका काका कृष्णले जानकारी दिए । मलेसियाको केपुङमा रहेको देशपार्क सिटीको एरो गार्ड प्रोटेक्सन सेक्युरिटी कम्पनीमा एक...
धनकुटा, ८ पुस– अपहरणको नाटक गर्ने धनकुटाका एक युवालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा खुवाफोकका ताराकुमार तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । हिमालय बैंकको धरान शाखाबाट ५ लाख रुपैयाँ झिकेर घर जाने क्रममा अपरिचित मानिसहरुको एक समूहले...
दुवई, ६ पुस– अन्तर्राष्ट्रिय श्रमिक दिवस युएईमा पनि बिशेष कार्यक्रमको साथमा सम्पन्न भएको छ । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को विदेश शाखाको रुपमा रहेको नेपाली प्रवासी श्रमिक संघ (जिफन्ट सपोर्ट ग्रुप) को आयोजनामा दुबईको मुसल्ला टावरमा श्रमिक दिवस मनाइएको हो । कार्यक्रमको सभापतित्व...
दुबई– पोखराका एक कामदारको दुबईमा रहस्यमय मृत्यु भएको छ । मृत्यु हुनेमा ४२ वर्षीय रिका गुरुङ रहेको पारिवारिक श्रोतले जनाएको छ । गुरुङ विगत १२ वर्षदेखि दुबइस्थित एयरपोर्ट साइडमा रहेको एमिरेट्स फ्लाईट क्याटरिङ नामको कम्पनीमा कार्यरत थिए । शुक्रबार राति खाना खाएर सुतेका गुरुङ...
मलेसिया– सुविधा कटौतीको विरोधमा मलेसियामा एक सय बढी नेपाली मजदुर आन्दोलनमा उत्रिएका छन् । मलेसियाको पोर्ट केलाङ्स्थित वन्सापुरीमा रहेको मेडिप्रो कम्पनीमा कार्यरत नेपाली सामूहिक राजीनामा दिएर बिहीबारबाट आन्दोलनमा उत्रिएका हुन् । कम्पनीले कन्ट्रयाक कम्पनीलाई बुझाएर सुविधा कटौती गरेपछि आन्दोलनमा उत्रिएको उनीहरुले बताएका छन् ।...
काठमाण्डु, ३ पुस– सरकारले प्रवासी श्रमिकहरुलाई बेवास्ता गरेको सरोकारवालाहरुले बताएका छन् । अन्र्तराष्ट्रिय श्रमिक दिवस डिसेम्बर १८ को अवसर पारेर प्रवासी श्रमीकहरुको पक्षमा आवाज उठाँउदै आएका व्यक्तित्वहरुले विदेशमा काम गर्ने श्रमिकलाई पनि ध्यान दिन सरकारलाई आग्रह गरेका हुन् । ‘बिडब्लु आइ’ नामक संस्थाले दैनिक...
एजेन्सी–अमेरिकाको न्यूयोर्कमा दुई नेपाली कामदारले २८ लाख डलर क्षतिपूर्ति पाउने भएका छन् । न्यूयोर्कस्थित एक ठेकेदार कम्पनीसँग आबद्घ भएर निर्माण कार्य गर्ने क्रममा दुर्घटनामा परेका मुस्ताङका दोर्जे गुरुङ र धिर्मे गुरुङले नौ बार्षपछि सो क्षतिपूर्ति पाउने भएका हुन् । अमेरिकामा एक भवन निर्माणका क्रममा...