कतारमा एक नेपालीको मृत्यु

काठमाण्डु टुडे २०७१ पुष १० गते ११:४५ मा प्रकाशित

कालीकोट, १० पुस–एक वर्षअघि कामका लागि कतार गएका कालीकोटका एक कामदारको मृत्यु भएको छ ।

qatar

काठमाण्डुस्थित ब्लुसियन ओभरसिज कम्पनीबाट कामका लागि कतार गएका बदालकोट गाविस वडा नं ६ सिकु निवासी त्रिमले सार्कीका छोरा अम्बे सार्कीको गाडी दुर्घटनामा कतारमा मृत्यु भएको कम्पनीले जनाएको छ ।
कम्पनीका प्रवन्ध निर्देशक धुव रिजालका अनुसार गाडी दुर्घटनामा परी सार्कीको मृत्यु भएको हो ।

उनी कतारको दोहास्थित अल्मुसरी कम्पनीमा साधारण लेबरका रुपमा काम गर्दै आएका थिए । नेपालस्थित म्यानपावर कम्पनीका अनुसार घटनाका सम्बन्धमा कतार प्रहरीले अनुसन्धान थालेकाले घटनाको खास कारण अहिले नै भन्न नसकिने बताइएको छ ।

मृतक अम्बे सार्कीका आमा, बुबा, एक भाइ, श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । उनी गाउँकै सरस्वती माविमा कक्षा १० मा अध्ययन गर्दागर्दै एकपटक मलेसिया गएर फेरि कतार गएका थिए ।
विदेश जाँदा निकालेको साहुको ऋण चुक्ता गर्न नपाउँदै छोराको मृत्यु भएको खबरले घरपरिवार भावविह्वल भएका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us