
काठमाण्डु, ३ पुस– सरकारले प्रवासी श्रमिकहरुलाई बेवास्ता गरेको सरोकारवालाहरुले बताएका छन् । अन्र्तराष्ट्रिय श्रमिक दिवस डिसेम्बर १८ को अवसर पारेर प्रवासी श्रमीकहरुको पक्षमा आवाज उठाँउदै आएका व्यक्तित्वहरुले विदेशमा काम गर्ने श्रमिकलाई पनि ध्यान दिन सरकारलाई आग्रह गरेका हुन् ।
‘बिडब्लु आइ’ नामक संस्थाले दैनिक नेपालमा दुईचार वटा शब भित्रिने गरेको भन्दै यसबारेमा सरकार गम्भिर हुनुपर्नेमा बताएको छ । अन्र्तराष्ट्रिय श्रमिकको हकहितका क्षेत्रमा काम गर्दे आएको संस्था बिडब्लु आईका संयोजक जे.बी गुरूङले श्रमको सिलसिलामा बिदेसिन बाध्य भएका नेपालीहरुको अवस्था अत्यन्त दयनीय भएकाले त्यसप्रति सरकार गम्भिर बन्नुपर्ने बताएका हुन् ।
बेलायतबाट प्रकाशनहुने अन्र्तराष्ट्रि«य पत्रिका द गार्जियनमा प्रकाशित पछिल्लो रिपोर्टअनुसार सन् २०२२ मा कतारमा हुने विश्वकप फुटवलको रंगशाला निर्माणमा २०१० देखि २०१३ सम्म ४०० नेपालीले समेत ज्यान गुमाएको उल्लेख गरे । उनले भने, ‘यही अनुपातमा मृत्यु हुदै जाने हो भने निर्माण संकिदाँसम्म चार हजार श्रमिकले ज्यान गुमाउने निश्चितप्रायः छ ।’
पछिल्लो समयमा नेपाली महिलाहरू समेत विदेशीने दर अत्याधिक वृद्धि भैरहेको बताउँदै उनीहरु विदेशमा यौन हिंसा, दुव्र्यवहार र उत्पीडनमा परेकोले तत्काल राज्यबाटै ध्यान दिन आवश्यक रहेको गुरुङ्ले तर्क गरे ।