मलेसियामा नेपालीको मृत्यु

काठमाण्डु टुडे २०७१ पुष ९ गते ७:५८ मा प्रकाशित

इलाम, ९ पुस–वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका इलाम जितपुरका एक युवकको मलेसियामा मृत्यु भएको छ ।
वैदेशिक रोजगारका लागि मलेसिया गएका राम लिम्बूको ग्याष्टिकका कारण मृत्यु भएको उनका काका कृष्णले जानकारी दिए ।

मलेसियाको केपुङमा रहेको देशपार्क सिटीको एरो गार्ड प्रोटेक्सन सेक्युरिटी कम्पनीमा एक वर्षदेखि कार्यरत लिम्बूको शव नेपाल ल्याउन पहल गरिदिन परिवारजनले नेपाली दूतावाससँग अनुरोध गरेका छन् ।

तीन वर्षसम्म कम्पनीले प्रवेशाज्ञा नवीकरण गर्नुपर्ने भए पनि नवीकरण नगरिदिएका कारण उनी अवैधानिक तरिकाले मलेसिया बस्दै आएका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us