बेलायत/दधिराज घिमिरे– नेपालमा सहमतिकै आधारमा अग्रगामी संविधान लेखियोस् भन्दै नेपाली जनएकता समाज बेलायतले नेपाली दूतावासमा ज्ञापनपत्र बुझाएको छ । सहमतीय प्रणालीबाट पहिचान सहितको संबिधान लेखन हुनु पर्ने माग राख्दै शुक्रबार बेलायत स्थित नेपाली दुतावास मार्फत नेपाल सरकार र नेपालका राजनैतिक पार्टीलाई ज्ञापन पत्र बुझाइएको...
काठमाण्डु– क्यानाडाले नेपालको जलविद्युत् तथा आर्थिक विकासमा महत्वपूर्ण सहयोग गर्ने सम्भावना पछिल्ला दिनमा विकसित हुँदै गएको छ । पछिल्ला दिनमा नेपालको जलविद्युत् क्षेत्रमा प्राविधिक, आर्थिक सहयोगदेखि लगानीका लागि क्यानाडा सरकार तथा त्यहाँको निजी क्षेत्रले चासो देखाएका कारण उक्त सम्भावना बढ्दै गएको हो । कुल...
काठमाण्डु– नेपाल–ग्रीसबीच पर्यटन र कृषिका क्षेत्रमा महत्वपूर्ण सहयोग तथा अनुभव आदानप्रदान गर्न सकिने नेपालका लागि ग्रीसका महावाणिज्यदूत बिक्रम पाण्डेले बताएका छन् । नेपाल–ग्रीस मैत्री तथा सांस्कृतिक सङ्घले महावाणिज्यदूत पाण्डेको सम्मानमा आज यहाँ आयोजना गरेको एक समारोहमा उहाँले पर्यटन र कृषिको माध्यमबाट दिगो समाज निर्माण...
काठमाण्डु– मलेसिया जाने नेपाली कामदारलाई स्वास्थ्य परीक्षणका लागि बायोमेट्रिक प्रणाली लागू गर्न नेपाल सरकारले सहमति नदिएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । श्रम मन्त्रालयका सचिव भोला शिवाकोटीले बिहीबारदेखि बायोमेट्रिक लागू हुने हल्ला सुनेको तर यसमा नेपाल सरकारले कुनै स्वीकृति नदिएको स्पष्ट पारे ।...
दधिराज घिमिरे/बेलायत– नेपालमा अनेक चिरामा विभाजित माओवादीहरु बेलायतमा भने एकै ठाउँमा उभिएका छन् । मंगलबार लण्डनको ह्यारोमा भएको छलफलमा सबै धारका माओवादी एक ठाउँ भएका हुन् । नेपालमा भइरहेको न्यायपूर्ण आन्दोलनका साथै बेलायतमा हुने स्थानीय समस्यामा अबका दिनमा विगतका तीता विषय बिर्सेर एक हुनु...
मलेसिया, २८ पुस– मलेसियामा एक सय २० जना नेपाली कामदार पक्राउ परेका छन् । त्यहाँबाट प्रकाशित हुने द स्टार दैनिकका अनुसार पक्राउ पर्नेमा सबै अवैधानिक रुपमा काम गर्दै आएकाहरु छन् । मलेसिया अध्यागमन विभाग र प्रहरीको संयुक्त टोलीले राजधानी क्वालालम्पुरस्थित कोताराया बजारबाट उनीहरुलाई पक्राउ...
काठमाण्डु– गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले अध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङले एक अर्बको परोपकारी कोष स्थापना गरेकोमा धन्याबाद दिएको छ । घले दम्पत्तिको उक्त षेषणाले विश्वभर रहेका नेपालीको शीर उच्च बनाएको र मातृभूमीप्रतिको आस्था र सम्मानलाई गरेको बताइएको छ ।...
झापा, २५ पुस– विगत बाह्र वर्षअघि वैदेशिक रोजगारीका लागि कुवेत गएकी झापा धरमपुर–३ की राधिका गौतम बेपत्ता भएकी छन् । पारिवारिक स्रोतका अनुसार स्थानीय म्यानपावर व्यवसायीमार्फत सन् २००३ मा कुवेत गएकी थिइन् । उनका १७ वर्षीया विस्मिता र १४ वर्षीया प्रेमिका नाम गरेका छोरी...
महोत्तरी– महोत्तरी जिल्लाको पर्सा देवाड गाविसका मुस्लिम महिलाका लागि मोबाइल फोन अभिशाप बन्दै गएको छ । प्रत्येक घरबाट वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका मुस्लिम पुरुषले विगत केही दिनदेखि आफ्नी पत्नी (महिला)लाई फोनबाटै तलाक दिन थालेपछि उनीहरूका लागि मोबाइल फोन अभिशाप बन्दै गएको पूर्व...
चितवन– डेनमार्कको मण्डला अनलाईन रेडियोले चितवनका १५ जना दृष्टिविहीनलाई सेतो छडी वितरण गरेको छ । २०५ औँ अन्तराट्रिय ब्रल लिपी दिवसको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा उनीहरुलाई छडी वितरण गरिएको हो । कार्यक्रम मण्डला रेडियो, लायन्स क्लब अफ लंकु र चितवन नेत्रहीन संघको संयुक्त...
मलेसिया– रोजगारीका सिलसिलामा मलेसियामा पुगेका धौलागिरिका चारसहित चितवन, गुल्मी र नुवाकोट जिल्लाका ४० जना नेपाली विगत ५७ दिनदेखि मलेसियामा अलपत्र परेका छन् । गत कात्तिक १९ गते काठमाण्डु सामाखुसीको डोसलिङ म्यानपावर कम्पनीबाट मलेसिया पुगेका म्याग्दीको बेनी नगरपालिका ३ ज्यामरुककोट बिमिराबोटका राजन थापा, भकिम्ली २...
झापा, १६ पुस – वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका झापाको कनकाई नगरपालिका–४ सुरुंगाका खड्गप्रसाद सार्कीको मृत्यु भएको छ । गत साउन २ गते मलेसिया पुगेका उनको सुतेकै ठाउँमा मृत्यु भएको मृतकका आफन्त रमेश सार्कीले जानकारी दिए । उनको गत पुस १३ गते राति सुतेकै ठाउँमा...