दुवईमा श्रमिक दिवस सम्पन्न

काठमाण्डु टुडे २०७१ पुष ६ गते १०:३९ मा प्रकाशित

10300205_10204272170217897_926396542811393877_n (1)

दुवई, ६ पुस– अन्तर्राष्ट्रिय श्रमिक दिवस युएईमा पनि बिशेष कार्यक्रमको साथमा सम्पन्न भएको छ । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को विदेश शाखाको रुपमा रहेको नेपाली प्रवासी श्रमिक संघ (जिफन्ट सपोर्ट ग्रुप) को आयोजनामा दुबईको मुसल्ला टावरमा श्रमिक दिवस मनाइएको हो ।
कार्यक्रमको सभापतित्व प्रवासी नेपाली श्रमिक संघ युएईका संयोजक नवराज बस्नेतले गरेका थिए युएईका लागि नेपाली राजदुत धनन्जय झाको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा नेकपा एमाले की पोलिटब्युरो सदस्य तथा आईएलओ सदस्य बिन्दा पाण्डे र नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट का महासचिव बिष्णु लम्सालको बिशेष अथिति रहेका थिए ।
कार्यक्रम युएईको समय अनुसार बेलुकाको ४ बजे नेपाली रास्ट्रिय गान बजाएर गरिएको थियो । संयोजक बस्नेतले प्रवासी नेपाली श्रमिकसंघ युएईको स्थापना देखि हाल सम्म भएका प्रगति विवरण, संगठानिक अवस्था र प्रवासमा श्रमिकका समस्याका बारेमा प्रतिबेदन प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा प्रवासी नेपाली मंच युएईमा अध्यक्ष प्रकाश कोइराला, नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष अर्जुन दाहाल र गैर आवासीय नेपाली संघ मध्यपुर्व संयोजक चन्द्र बहादुर रोकाहाले नेपाली प्रवासी श्रमिक संघलाइ शुभकामना तथा युएईका श्रमिकको समस्याका बारेमा आफुहरु सदैब लागी रहने तथा नेपाली राजदूतावासले सहयोग नगरेकाले श्रमिकले समस्या भोग्नु परको बताउदै समाधानको पहल गर्नु पर्ने धारणा राखेका थिए ।
ट्रेड यूनियन महासंघ जिफन्टका महासचिव बिष्णु प्रसाद लम्सालले बिश्र्वभर रहेका नेपाली श्रमिकको व्यहोरी रहेको समस्याको लागिीअग्रगामी कदम बढाउने साथै श्रमिकको हितका लागि आफुहरु लागिरहेको र प्रवासमा रहका श्रमिक सङ्गठमा एक्यबद्ध हुन जोड दिए ।
नेकपा एमाले की पोलिटब्युरो सदस्य तथा आईएलओ सदस्य पाण्डेले श्रमिकहरुका समस्यालाई समाधान र श्रमिकहरुका हक अधिकारको लागि अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउने र जस्तो सुकै मूल्य चुकाउनु तयार रहेको बताइन ।
उक्त कार्यक्रमा प्रवासी श्रमिक संघको आगामी कार्यकालको लागि सर्बसम्मतिबाट रामेश्वर भेटवालको अध्यक्षतामा, किशोर केसी उपाध्यक्ष, कल्पना राई सचिब, कमल पाठक सहसचिब, दिपक राउत कोषाध्यक्ष, सहित १४ सदस्यीय टोलि चुनिएका छन् । नेपाली प्रवासी श्रमिक संघका युएई सस्थापक संयोजक नवराज बस्नेतलाई उक्त संघको सल्लाहकार प्रमुख, नेपाली समाजका अध्यक्ष ज्ञानेन्द्र कार्की र शेष राज तिमल्सिनालार्इ सल्लहाकार घोषणा गरको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us